भक्तपुर नगरपालिकाको चौथो नगरसभाको पाँचौं दिन शुक्रबार बसेको बैठकले भक्तपुर नगरपालिकाको अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ र लेखा समितिको प्रतिवेदन पारित गर्यो ।
भक्तपुर नगरपालिकाको जारी चौथो नगरसभाको बिहीबार बसेको बैठकले भक्तपुर नगरपालिकामा स्थायी बसोबास गर्ने गरिब, जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. ५ लाख सम्म शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित गर्यो ।
भक्तपुर नगरपालिकाको चौथो नगरसभा सोमबारबाट सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पानसमा द्विप प्रज्ज्वलन गरी नगरसभाको उद्घाटन गर्नुभयो ।