FAQs Complain Problems

News

अन्तर नगर कराँते प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजना र सहिद दिवसको उपलक्ष्यमा आइतबारबाट सुरु भएको अन्तर नगर कराँते प्रतियोेगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सहिद स्मृति खेल मैदानमा एक समारोहबीच सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी विभिन्न नगरपालिकाका खेलकुद टोली, प्रशिक्षक र विजयी खेलाडीहरूमा हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनमा भक्तपुरका वीर सहिदहरूको स्म रण र सम्मानस्वरुप भक्तपुर नगरपालिकाको आयोजनामा विभिन्न खेलको आयोजना गरेको स्मरण गर्नुभयो ।

नगरपालिकाले आयोजना गर्ने प्रतियोगिताहरू भक्तपुरवासीहरूको निम्ति मात्र नभई सिंगो देशका खेलप्रेमी र राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नको निम्ति सहयोग मिल्ने विश्वास प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचनको समयमा व्यक्त प्रतिबद्धता र घोषणापत्रअनुसार खेलकुदलाई प्राथमिकता दिंदै प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आएको र विभिन्न खेलकुदको प्रशिक्षणलाई चालु राखेको बताउनुभयो ।
उहाँले शासन सत्तामा पुगेका शासकहरूले सहिदहरूको बलिदानलाई बिर्सेको र सहिदहरूको नाममा व्यक्तिगत लाभ मात्र उठाइरहेको बताउनुभयो । भक्तपुर नपाले शिक्षालाई जोड दिंदै नपाअन्तर्गत कलेजहरू सञ्चालन, शिशुस्याहारदेखि विश्वविद्यालय र ख्वप अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
शिक्षित र अनुशासित समुदायले मात्रै देशलाई अगाडि बढाउनसक्ने बताउनुहुँदै प्रमुख प्रजापतिले शिक्षा र खेलकुदलाई सँगसँगै लानेतर्फ नगरपालिकाले ध्यान दिइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो – ‘हाम्रो उद्देश्य समाजलाई रुपान्तरण गर्ने हो । पुँजीवादी व्यवस्थामा भएका कमी कमजोरीबारे जनतालाई बताउँदै सचेत र संगठित पार्दै अनुशासित, सभ्य र सुसंस्कृत समाज स्थापना गर्न नगरपालिकाले जोड दिनेछ ।’
भक्तपुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल खेल मानव जीवनको अभिन्न अंग भएको र खेलकुद प्रतियोगिताले राष्ट्रलाई चिनाउने प्रतिभाशाली खेलाडी तयार गर्न मद्दत पुग्ने बताउनुभयो ।

नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले कराँते खेल निकै लोकप्रिय र शारीरिक सक्रियताको लागि महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले सक्षम, सबल, नेतृत्ववान र अनुशासित युवा तयार गर्न खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगरको १० वटै वडामा शारीरिक व्यायामका सामग्री जडानको कार्य भइरहेको र भक्तपुरमा इन्डोर र आउटडोर खेलकुद भवन र खेलमैदान निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले शासक दलहरूले सहिदहरूको उद्देश्य र सपनामा चासो नदेखाएको र वर्तमान सरकारले खेलकुद क्षेत्रमा पक्षपाती ढंगले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले विजयी खेलाडी तथा रेफ्रीहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण गर्नुभएको थियो ।

२०७५ फागुन ५ गते

फागुन ५ गते भएको प्रतियोगितामा पुरुष काटातर्फ यनोज महर्जन (ललितपुर नपा) प्रथम, स्वर्णिम मानन्धर (चन्द्रागिरी नपा) द्वितीय, सिरिस श्रेष्ठ (भक्तपुर नपा) र विकेश नेपाली (तुल्सीपुर नपा) ले तृतीय स्थान हासिल गर्न सफल भए ।
त्यसैगरी महिलातर्फको काटामा मन्दिरा थापामगर (काठमाडौं महानपा ) प्रथम, सञ्जु देसार (चन्द्रागिरी नपा) द्वितीय, सृजना ब्लोन (पनौती नपा) र श्रेया रञ्जितकार (मध्यपुर थिमी नपा) ले तृतीय स्थान हासिल गर्‍यो ।
६० केजी छात्रातर्फ सान्ता श्रेष्ठ (तार्केश्वर नपा) प्रथम, निरुपा तामाङ (पाँचखाल नपा) द्वितीय, महिमा राई र रजिना विष्ट (चन्द्रगिरी नपा) तृतीय हुन सफल भए ।
६० केजी छात्रतर्फ सुरेश तामाङ (नागार्जुन नपा) प्रथम, अर्जुन बाघचन्द (काठमाडौं महानपा) द्वितीय, विषाल सुवाल (भक्तपुर नपा) र मनोज सुनुवार (चन्द्रागिरी नपा) तृतीय हुन सफल भए ।
२० केजी छात्रातर्फ प्रथममा सन्ध्या महतो (नागार्जुन नपा), द्वितीयमा पूर्णिमा पौडेल (भक्तपुर नपा), तृतीयमा सुप्रिना चौधरी (धनकुटा नपा) र करिमा तामा (चाँगुनारायण नपा) हुन सफल भए ।
२० केजी छात्रतर्फ सोमेश खड्का (नागार्जुन नपा), राकेश मानन्धर (चन्द्रागिरी नपा) द्वितीय, देवराज पाण्डे (भक्तपुर नपा) र सुजल कोण्डा (भक्तपुर नपा) ले तृतीय स्थान हासिल गर्न सफल भए ।
२५ केजी छात्रातर्फ सोनाम सेर्पा (नागार्जुन नपा) प्रथम, वर्षा केसी (पाँचखाल नपा) द्वितीय, गोमा तामाङ (गोकर्णश्वर नपा) र अंकिता भण्डारी (भक्तपुर नपा) तृतीय हुन सफल भए ।
२५ केजी छात्रतर्फ सेवेन श्रेष्ठ (नागार्जुन नपा) प्रथम, विमलकुमार थापा (भक्तपुर नपा) द्वितीय, विकास लामा (भक्तपुर नपा) र कुशल लामा (बनेपा नपा) तृतीय हुन सफल भए ।

२०७५ फागुन ६ गते

फागुन ६ गते पुरस्कृत हुने खेलाडीहरुमा पुरुष काटातर्फ यनोज महर्जन (ललितपुर महानपा) प्रथम, स्वर्णिम मानन्धर (चन्द्रागिरी नपा) द्वितीय, सिरिस श्रेष्ठ (भक्तपुर नपा) र विकेश नेपाली (तुल्सीपुर नपा) ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो भने महिलातर्फको काटामा मन्दिरा थापामगर (काठमाडौं महानपा) प्रथम, सञ्जु देसार (चन्द्रागिरी) द्वितीय, सृजना ब्लोन (पनौती नपा) र श्रेया रञ्जितकार (मध्यपुर नपा) ले तृतीय स्थान हासिल गर्‍यो ।

त्यसैगरी ६० केजी छात्रातर्फ सान्ता श्रेष्ठ (तार्केश्वर नपा) प्रथम, निरुपा तामाङ (पाँचखाल नपा) द्वितीय, महिमा राई र रजिना विष्ट (चन्द्रगिरी नपा) तृतीय र ६० केजी छात्रतर्फ सुरेश तामाङ (नागार्जुन नपा) प्रथम, अर्जुन बाघचन्द (काठमाडौं महानपा) द्वितीय, विषाल सुवाल (भक्तपुर नपा) र मनोज सुनुवार (चन्द्रागिरी नपा) तृतीय हुन सफल भए ।

२० केजी छात्रातर्फ प्रथममा सन्ध्या महतो (नागार्जुन नपा), द्वितीयमा पूर्णिमा पौडेल (भक्तपुर नपा), तृतीयमा सुप्रिना चौधरी (धनकुटा नपा) र करिमा तामा (चाँगुनारायण नपा) हुन सफल भएको थियो भने २० केजी तोल समूहको छात्रतर्फ सोमेश खड्का (नागार्जुन नपा), राकेश मानन्धर (चन्द्रागिरी) द्वितीय, देवराज पाण्डे (भक्तपुर नपा) र सुजल कोण्डा (भक्तपुर नपा) ले तृतीय स्थान हासिल गर्न सफल भए ।
२५ केजी छात्रातर्फ सोनाम सेर्पा (नागार्जुन) प्रथम, वर्षा केसी (पाँचखाल नपा) द्वितीय, गोमा तामाङ (गोकर्णेश्वर नपा) र अंकिता भण्डारी (भक्तपुर नपा) तृतीय हुन सफल भएको थियो भने २५ केजी छात्रतर्फ सेवेन श्रेष्ठ (नागार्जुन नपा) प्रथम, विमलकुमार थापा (भक्तपुर नपा) द्वितीय, विकास लामा (भक्तपुर नपा) र कुशल लामा (बनेपा नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ३० केजी तौल समूहमा सहिल घले (तारकेश्वर नपा) प्रथम¸ सुवास परियार (भक्तपुर नपा) द्वितीय¸ राजेन्द्र राई(चन्द्रागिरी नपा) र सम्रात पुनमगर (तुल्सीपुर नपा¸दाङ) तृतीय हुन सफल भए ।

महिलातर्फको ३० केजी तौल समूहमा रन्जिला राई (तारकेश्वर नपा) प्रथम¸ सरिता तमाङ (चन्द्रागिरी नपा) द्वितीय¸ चाँदनी राई(काठमाडौ महानपा) र कन्चन नेपाली (धनकुटा नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ३५ केजी तौल समूहमा निरज योञ्जन (काठमाडौ महानपा) प्रथम¸ अमृत थोकर (चन्द्रागिरी नपा) द्वितीय¸ सरोज थापा(नागार्जुन नपा) र प्रज्ज्वल तामाङ (सूर्यविनायक नपा) तृतीय हुन सफल भए ।

महिलातर्फको ३५ केजी तौल समूहमा अन्जली महर्जन (चन्द्रागिरी नपा) प्रथम¸ प्रजिता श्रेष्ठ (पाँचखाल नपा) द्वितीय¸ भूमिका श्रेष्ठ(नागार्जुन नपा) र सुस्मिता वाइवा (गोकर्णेश्वर नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ५० केजी तौल समूहमा देवराज श्रेष्ठ (काठमाडौ महानपा) प्रथम¸ एरिश शर्मा (भक्तपुर नपा) द्वितीय¸ रिकेश परियार (धनकुटा नपा) र सुबोध कुमार शाह (भक्तपुर नपा) तृतीय हुन सफल भए ।

महिलातर्फको ५० केजी तौल समूहमा जिया कार्की (तारकेश्वर नपा) प्रथम¸ सृजना ब्लोन (पनौती नपा) द्वितीय¸ सीमा राई (बाह्रबिसे नपा) र सजिना लामा (सूर्यविनायक नपा) तृतीय हुन सफल भए ।

पुरुषतर्फको ५५ केजी तौल समूहमा प्रविण तामाङ (भक्तपुर नपा) प्रथम¸ शौजन मधिकर्मी (भक्तपुर नपा) द्वितीय¸ अनिष लामिछाने (तारकेश्वर नपा) र इन्द्रबहादुर स्याङ्गताङ्ग (पनौती नपा) तृतीय हुन सफल भए ।

महिलातर्फको ५५ केजी तौल समूहमा सानु माया थिङ (चन्द्रागिरी नपा) प्रथम¸ सोनी राई (तारकेश्वर नपा) द्वितीय¸ तारादेवी तामाङ(भक्तपुर नपा) र करुणा श्रेष्ठ (भक्तपुर नपा) तृतीय हुन सफल भए ।

२०७५ फागुन ७ गते

फागुन ७ गते सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ४० के.जी. तौल समूहमा सुदिप शेर्पा (गोकर्णेश्वर नपा) प्रथम, आशिष तामाङ (मध्यपुर नपा) द्वितीय, रिहान रोक्का (चाँगुनारायण नपा) र विकेश नेपाली (तुल्सीपुर नपा) तृतीय हुन सफल भयो भने महिलातर्पmको ४० के.जी. तौल समूहमा निशा योञ्जन (काठमाडौं महानपा) प्रथम, सञ्जु देशार (चन्द्रागिरी नपा) द्वितीय, शान्ता योञ्जन (भक्तपुर नपा) र युजिना सुवाल (भक्तपुर नपा) तृतीय हुन सफल भयो ।

त्यसैगरी पुरुषतर्फको ४५ के.जी. तौल समूहमा मदन कुमार थापा (भक्तपुर नपा) प्रथम, सुन्दर तामाङ (भक्तपुर नपा) द्वितीय, प्रकाश तामाङ (चन्द्रागिरी नपा) र किरण राई (सुर्योदय नपा) तृतीय हुन सफल भयो भने महिलातर्फको ४५ के.जी. तौल समूहमा ममता महर्जन (तारकेश्वर नपा) प्रथम, मिना ब्लोन (पनौती नपा) द्वितीय, रेश्मा तामाङ(नागार्जुन नपा) र समिता पुरी (गोकर्णेश्वर नपा) तृतीय हुन सफल भयो ।
यस प्रतियोगितामा ५ वटा स्वर्ण र २ वटा रजत पदक प्राप्त गरी नागार्जुन न.पा. टिम प्रथम,५ वटा स्वर्ण प्राप्त गरी तारकेश्वर न.पा. टिम द्वितीय हुन सफल भयो भने २ स्वर्ण सहित चन्द्रागिरी न.पा. टिम तृतीय हुन सफल भयो । यस प्रतियोगितामा पुरुषतर्फ भक्तपुर न.पा.का मदन कुमार थापा र महिला तर्फ नागार्जुन न.पा.का सन्ध्या महतो उत्कृष्ट खेलाडी हुन सफल भए । साथै बेलौरी न.पा.ले अनुशासित टिमको उपाधि हासिल गर्‍यो ।