FAQs Complain Problems

News

कर छुटको उपयोग गर्नेसम्बन्धी भक्तपुर नगरपालिकाकाे सूचना (मितिः २०७९।०३।०९)

यस भक्तपुर नगरपालिकाले प्रदान गरेको तपसिलअनुसारको छुटको उपयोग गरी कर दस्तुर बुझाउन हुन सम्बिन्धत सबैमा नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

१) २०७९ असार मसान्तभित्र सम्पत्ति कर (घर जग्गा कर) बुझाएमा आवासीय घरको हकमा २०७५।०७६ सम्म्को घरजग्गाकरको बक्यौतामा ५० प्रतिशत छुट प्रदान गरिएको ।

२) आवासीय प्रयोजनको लागि बहालमा दिइएको घरको हकमा ५ प्रतिशतमात्र बहाल कर बुझाए पुग्ने २०७९ पुस मसान्तभित्र बुझाएमा बक्यौतासहितको बहाल करमा ५० प्रतिशत छुट प्रदान गरिएको ।

पुनश्चः २०७९ असार मसान्तभित्र कर दस्तुर नबुझाएमा त्यसपछि हर्जानासमेत लाग्ने हुनाले आफूले बुझाउनुपर्ने व्यवसाय कर, सफाइ शुल्क, बहाल कर र सम्पत्ति तथा भूमिकर समेत उल्लेखित समयभित्र बुझाउनहुन अनुरोध गरिन्छ ।