स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई (रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ ।
भक्तपुर, १ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने तीनमहिने चिनियाँ भाषा र पाक शिक्षाको उद्घाटन एक समारोहबीच बुधबार गर्नुभयो ।
भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा बुधबार सम्पन्न भयो ।
पाँचौं नगरसभाले भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६ र भक्तपुर नगरपालिकाको आ.व. २०७६÷७७ को २ अर्ब १३ करोड १० लाखको विनियोजित बजेट सर्वसम्मतिले पारित गर्यो ।
भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाको आइतबार बसेको नगरसभाको बैठकले कला–संस्कृति र सम्पदा संरक्षण एवम् सम्बद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि छलफलपश्चात पारित गर्यो ।
भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । सो सभाले ‘भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६’, ‘भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधि २०७६’ पारित गर्यो ।
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सोमबार पारित भयो ।
भक्तपुर नगरपालिका सभाअध्यक्ष भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले सोमबार नगरसभाको औपचारिक उद्घाटन कार्यक्रमपश्चात भनपा सभाकक्षमा सभाको सुरुवात गर्नुभएको थियो ।