FAQs Complain Problems

News

पसल कवल तथा शौचालयहरू बहालमा सञ्चालन गर्न दिनेसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना (प्रथमपटक प्रकाशित मिति : २०७९।०३।१५)

यस नगरपालिकाको स्वामित्वमा रहेका देहायका पसल कवल तथा शौचालयहरू बढीमा पाँच वर्षसम्मका लागि बहालमा सञ्चालन गर्न दिइने भएकोले बहालमा लिन इच्छुक व्यक्ति वा फर्महरूले तल उल्लेखित सर्त मञ्जुर गरी न्यूनतम वार्षिक रकममा बढाई के कति वार्षिक बहालमा लिन चहाने हो, आपूmले कबुल गरेको अङ्कको ५(पाँच) प्रतिशतले हुन आउने रकम नेपाल बैङ्क लिमिटेड भक्तपुर शाखा, भक्तपुर नगरपालिकाको धरोटी रकम खाता नं. ०१९०३०००००३००००००००३ मा जम्मा गरेको सक्कल भौचर र टिकटबापत रु. १०।– समेत बुझाई यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिन (मिति २०७९।०३।२९ गतेको कार्यालय समय) भित्र भक्तपु नगरपालिकामा प्राप्त हुने गरी सिलबन्दी बोलपत्र दिनहुन सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघिआएको वा रीत नपुगेको बोलपत्रउपर कुनै कारबाही हुनेछैन । पर्न आएको बोलपत्र मिति २०७९।०३।३० गते बिहीबार बिहान ११ बजे नगरपालिका कार्यालयमा खोलिनेछ । बोलपत्र खोल्ने समयमा बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित हुनुपर्नेछ । उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । बोलपत्र बुझाउने अन्तिम दिन र खोलिने दिन बिदा परेमा त्यसको भोलिपल्ट सोही समयमा गरिनेछ । बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस नपामा निहित हुनेछ ।

सर्तहरू
१) पहिले बहालमा सञ्चालन गर्नेले पुनः बहालमा लिन चाहेमा पनि बोलपत्र दिनुपर्नेछ ।
२) पसलको लागि बोलपत्र दिँदा कुन सामानको पसल राख्ने हो, स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
३) बोलपत्र दाताले बोलपत्र फाराम भर्दा नगरपालिकाबाट वितरित फारममा नै भर्नुपर्नेछ । बोलपत्र फारम फिर्ता नहुने गरी कर उपशाखामा दस्तुर तिरी लिनु पर्नेछ ।
४) बहालमा बस्नेले ६–६ महिनाको अग्रीम बहाल बुझाउनुपर्नेछ । समय अवधिभित्रमा रकम बुझाउन नआएमा विलम्ब शुल्क १० प्रतिशतले लाग्नेछ ।
५) विद्युत् र पानीको महशुल बहालवाला आपैmले तिर्नुपर्ने साथै सरसफाइको जिम्मा पनि बहालवालाकै हुनेछ ।
६) बोलपत्र पेश गर्दा खामको बाहिर कुन पसल वा शौचालयको लागि बोलपत्र पेश गर्न लागेको हो सो र बोलपत्रदाताको नाम स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । बोलपत्र खरिद गर्नेको नाममा मात्र बोलपत्र दाखिला गर्न पाइनेछ ।
७) बोलपत्र स्वीकृत भएपछि स्वीकृत बोलपत्रदाताको न्यूनतम एक वर्ष बहालमा बस्नुपर्नेछ । एक वर्षपछि छोड्न परेमा तीन महिनाअगावै नगरपालिकालाई लिखित सूचना दिनुपर्नेछ ।
८) नगरपालिकालाई चाहिएको समयमा सूचना पाएको मितिले ३५दिनभित्र पसल÷भवन खाली गरी दिनुपर्नेछ ।
९) पसल कवल तथा शौचालयहरूको न्यूनतम कबोल अङ्क तपसिलमा उल्लेख गरिएको छ ।
१०) धरौटी रकम बैङ्क दाखिता गर्दा तीन प्रतिको सिलबन्दी बोलपत्रसाथ संलग्न गर्नुपर्नेछ ।
११) बहालमा लिई सञ्चालन गरेको पसलमा कानुनद्वारा निषेधित सामानको बिक्री वितरण गर्न नपाइने तथा उचित मूल्य र स्वस्थ प्रतिस्पर्धामा कारोबार गर्नुपर्नेछ । शोचालयको हकमा नगरपालिकाले तोकेको भन्दा बढी शोचालय सेवा शुल्क लिन पाइनेछैन ।
१२) यस न.पा. बाट समय–समयमा भएको निर्णय, सूचना तथा सम्झौताको पालना गर्नुपर्नेछ ।
१३) उपरोक्त सम्बन्धमा अन्य जानकारी लिनुपरेमा यस नगरपालिकाको कर उपशाखामा सम्पर्क राख्नुहोला ।

क्र.म.
 पसल कवल/भवन
    हाल वडा नं.
 न्यूनतम कबोल अङ्क (वार्षिक बहाल) रकम (रु.)

१.  
दरबारक्षेत्रस्थित पाहाँछे सत्तलको माथिल्लो तल्ला    
३    
१६,०३,०००।–

२.   
दरबारक्षेत्रस्थित पर्यटक पसल नं. १  
 ३
४,७३,१०१।–

३.    
कुथुवही मिनिबसपार्कस्थित पसल नं. ३ 
 १    
५९,६५०।–

४. 
 कुथुवही मिनिबसपार्कस्थित पसल नं.४  
१    
३०,६५०।–

५.  
 कुथुवही मिनिबसपार्कस्थित पसल नं.२  
 १    
६०,५००।–

६.  
सुकुलढोकास्थित तरकारी बजार पसल नं. ५    
५    
३३,४५०।–

७. 
 राममन्दिरस्थित सार्वजनिक शौचालय
४  
३६,०००।–

८. 
दत्तात्रयक्षेत्रस्थित सार्वजनिक शौचालय  

३६,०००।–

 
थप जानकारीकाे लागि

कर उपशाखा

भक्तपुर नगरपालिका, नगर कार्यपालिकाकाे कार्यालय

ब्यासी–२, भक्तपुर