FAQs Complain Problems

News

मोहि लगत सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१. मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन

२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि

४. जग्गाको प्रमाणित नापी नक्सा

५‍. चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

६. जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।

वडाध्यक्ष, वडा सदस्य, वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।

निवेदन दर्ता गर्ने ।

तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस  तयार गर्ने ।

निवेदकले तोकिएको शुल्क बुझाउने ।

चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ ।