FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सोमबार पारित भयो ।

भक्तपुर नगरपालिका सभाअध्यक्ष भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले सोमबार नगरसभाको औपचारिक उद्घाटन कार्यक्रमपश्चात भनपा सभाकक्षमा सभाको सुरुवात गर्नुभएको थियो ।

सभाअध्यक्ष प्रजापतिले गुठी ऐनबारे जनप्रतिनिधि र कर्मचारीहरु प्रस्ट हुनुपर्ने बताउनुहुँदै धर्म र संस्कृतिको नाममा भएको शोषणको विरोध गर्नु आवश्यक भएको बताउनुभयो । भक्तपुर र दाङ मोहियानी हक सफल रुपमा लागु भएको जिल्ला भएको स्मरण गर्नुहुँदै उहाँले देश र जनताको सेवा गर्ने भावनाले राजनीति गर्नुपर्ने र नेमकिपाको घोषणापत्रलाई मार्गदर्शनको रुपमा अँगालेर अगाडि बढिरहेको बताउनुभयो ।

आजको नगरसभामा सभासद्हरू रञ्जना त्वाती, सम्झना खाइजु, शिवप्रसाद बाला, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजु, श्यामसुन्दर मातां, तुल्सीलक्ष्मी बाटी, बलराम न्हिसुतु, राजेन्द्र माक, कृष्णगोपाल चौगुठी, रत्नकाजी नायभारी, सिद्धिराम अवाल, विश्वराज शिल्पकार, गोविन्द दुवाललगायतले आवश्यक सल्लाह–सुझाव प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाको अर्को बैठक २०७६ असार १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरियो ।