FAQs Complain Problems

News

फोटो ग्यालरी

भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत भएको एथ्लेटिक्स प्रतियोगिताको पुरस्कार वितरण समारोह।
२०७९ असार १८ गते, शनिबार

, , , , , , , , , ,

भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत भएको कराँते प्रतियोगिता । (२०७९ असार १७ गते, शुक्रबार)

, , , , , , , , ,

भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत भएको छात्र र छात्रा भलिबल प्रतियोगिताको पुस्कार वितरण कार्यक्रम । (२०७९ असार १७ गते, शुक्रबार)

, , , , , , , , , , , , , ,

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौंं नगरसभा बिहीबार सम्पन्न भयो । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७९, विनियोजन विधेयकसहित आ.व. २०७९/८० का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. २ अर्ब १८ करोड ४२ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सभामार्फत नगर प्रमुख प्रजापतिले समाजवादी देश क्युवाको स्वास्थ्य मोडललाई अनुशरण गर्दै भक्तपुर नपा अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै बजेटलाई समयसीमा तोकेर काम गर्न सके बजेटको सही सदुपयोग हुने बताउनुभयो ।
उहाँले भ्रष्टाचार पुँजीवादको छाँया भएको बताउनुहुँदै पुँजीवादी देशको राज्य संरचनामा कानुनी रुपमा भ्रष्टाचार हुने गरेकोबारे प्रष्ट पार्नुभयो ।
बजेटमाथि भएको छलफलमा करको दायरा र कर वृद्धि तथा विभिन्न शीर्षकमा बजेट विनियोजनसम्बन्धी उठेका जिज्ञासाहरुमाथि प्रष्ट पार्नुहुँदै उपप्रमुख जोशीले युवा उद्यमशील र किसानहरुको लागि कृषि ऋण आगामी आ.वर्ष.मा समावशे गरिने र जनताको मागअनुसार करको दरभन्दा करको दायरालाई फराकिलो बनाइएको बताउनुभयो ।
सभाले भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वद्वारा प्रस्तुत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुबारे प्रस्ताव, वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रस्तुत गर्नुभएको भक्तपुर नपाका विभिन्न समिति गठन र नपासँग सम्बन्धित प्रस्ताव र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले प्रस्तुत गर्नुभएको भक्तपुर नपाको लेखा समितिको प्रतिवेदन २०७९ सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गर्यो ।
लेखा समितिको प्रतिवेदन, २०७९ माथि भएको छलफलमा सभासद्हरु गोविन्द दुवालले राजनैतिक कार्यकर्ताहरु नैतिकवान र इमानदार हुनुपर्ने, सभासद् श्यामसुन्दर मातांले नगरपालिकाका कर्मचारीहरुको पोशाकको बेरुजुबारे प्रष्ट पार्नुपर्ने, तारा शाक्यले भनपा १० स्थित कमल पोखरी पुनःनिर्माणसम्बन्धी पेश्की फछ्र्योट भइसकेकोमा लेखा प्रतिवेदनमा पुनः बेरुजु उल्लेख भएको विषयमा प्रष्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका १२ औं नगरसभाबाट पारित राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव यसप्रकार रहेका छन् :

१. बहुमत जनता कृषिमा निर्भर रहेको देशमा कृषि उत्पादकत्व वृद्धि गर्न समयमै मागअनुसार रासायनिक मल आपूर्ति गर्नुपर्नेमा असारको मध्यसम्म पनि किसानहरूलाई रासायनिक मलको व्यवस्था गर्न नसकेकोमा यो नगरसभाको गम्भीर ध्यानाकर्षण भएको छ । रोपाइ“को समयमा किसानले मल नपाउँदा राष्ट्रिय उत्पादकत्व घट्ने निश्चित छ । यसबाट कृषि प्रधान देश खाद्यान्नमा समेत अन्य देशमा निर्भरता बढ्दो छ ।
नेपालमा आर्थिक सड्ढट निम्तिने खतरा रहेको विज्ञहरूले पटक—पटक सचेत गराउँदासमेत त्यसप्रति नेपाल सरकार गम्भीर नभई कृषि खाद्य उत्पादकत्व वृद्धिका लागि रासायनिक मल आपूर्तिमा ध्यान नदिएकोमा आपत्ति जनाउँदै तत्काल रासायनिक मल आपूर्तिका लागि नेपाल सरकार र प्रदेश सरकारसँग यो सभा जोडदार माग गर्दछ । साथै स्वदेशमै सरकारी लगानीमा
रासायनिक मल कारखाना स्थापना गर्न यो नगरसभा माग गर्दछ ।

२. भक्तपुरबासीहरूले उपभोग गर्दै आएको खानेपानीको स्रोत मुहानपोखरीदेखि नगरकोटसम्मको वन क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्नुपर्नेमा उक्त क्षेत्रमा विकासको नाममा जथाभावी सडक निर्माण, निजी क्षेत्रबाट अनधिकृत जग्गा प्लटिङसँगै संघीय सरकार र प्रदेश सरकारमार्फत नै बजेट विनियोजन गरी रग्बी इन्टरनेशनल खेल मैदान निर्माण, चिहान डाँडा स्थानान्तरण, गुम्बा निर्माणलगायत कार्य गरेको हुँदा खानेपानीको मुल सुकेसँगै वर्षाको समयमा अत्यधिक माटो बगेर पानी धमिलो भई पिउन अयोग्य बनेको छ । तसर्थ उक्त क्षेत्रलाई तत्काल जलाधार क्षेत्र घोषणा गरी स्वच्छ खानेपानी पिउने जनताको मौलिक अधिकार सुरक्षित गर्न त्यस क्षेत्रमा सबैखाले निर्माण कार्य रोक्न र वनक्षेत्र संरक्षण कार्य अघि बढाउन यो सभा नेपाल सरकार र बागमती प्रदेश सरकारसमक्ष माग गर्दछ ।

३. शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा समेत विद्यालयका पाठ्यपुस्तकहरू छापेर विद्यार्थीको हातमा नपुग्नु बिडम्बना हो । कोभिड महामारीको कारण शैक्षिक क्षेत्रमा पुगेको क्षति अपूरणीय त छ नै त्यसमाथि परीक्षा प्रणाली र मूल्याङ्कन प्रणालीमा अव्यवहारिक निर्णय, आइतबार शैक्षिक संस्थामा बिदालगायतका नेपाल सरकारबाट भएका अदूरदर्शी निर्णयले नयाँ पुस्ताको शैक्षिक भविष्यमा दूरगामी असर परेको यथार्थ हो ।
यस्तो परिस्थितिमा विभिन्न बहानामा पाठ्यपुस्तक छाप्न ढिलाइ गर्नाले नेपालको समग्र शिक्षा क्षेत्रमा नकारात्मक असर पर्ने निश्चित छ । तसर्थ विद्यालय शिक्षा पाउने नेपाली नागरिकको संविधान प्रदत्त अधिकारमाथि कुनै पनि खालको अवाञ्छित क्रियाकलाप नगर्न तथा विद्यालयको पाठ्यपुस्तक यथासम्भव छिटो देशभरिका विद्यार्थीको हातमा पु¥याउन आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित सबैमा यो नगरसभा माग गर्दछ ।

४. नेपाली जनताको व्यापक विरोधकोबीच पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संरा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिको अंग भएको र नेपाली भूमिमा अमेरिकी साम्राज्यवादी सेनाले परेड खेल्ने र नेपाल अमेरिकाको उपनिवेश हुने घटनाक्रमले पुष्टि गरेको छ ।
सम्झौता लगत्तै विभिन्न निहुँमा अमेरिकी अधिकारीहरू तथा अमेरिकी सेनाले नेपाल भ्रमण गर्दै देशको सुरक्षा निकायमा प्रभाव पार्दैछन् । नेपाल र संरा अमेरिकाको उटाह राज्यबीच स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौतामा औपचारिक रुपमा नै अमेरिकी सेना नेपालको ब्यारेकमा प्रवेश गर्ने, नेपालीको उत्तरी सिमानामा हतियारसहित सैन्य अभ्यास गर्ने र नेपाली सेनालाई अमेरिकी सेनाको मातहतमा राख्ने बुँदा रहेबाट एमसीसी सम्झौताकै परिणाम भएको सबैले बुझेका छन् । सदन र सडकमा व्यापक दबाबपश्चात शासक दलहरू यस सम्झौतामा पछाडि हटेका छन् तर साम्राज्यवादी दबाबको कारण अझै पनि खारेज गर्ने आँट गरेका छैनन् ।

तसर्थ शासक दलहरूको देश र जनविरोधी कदमको घोर विरोध गर्दै नेपालको सार्वभौमिकता, स्वाधनीता र स्वतन्त्रतामाथि गम्भीर आँच पुग्ने देशहितविपरीतका एमसीसी, एसपीपी सम्झौता र यससँग सम्बन्धित कुनै पनि सम्झौता वा गतिविधि तत्काल खारेज गर्न यो नगरसभा नेपाल सरकारसमक्ष माग गर्दछ ।

, ,

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन
२०७९ असार १६ गते, बिहीबार
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीन दिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा खेलकुद सामाग्री हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।
    कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउनुहुँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो ।
    भक्तपुर नपाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउनुहुँदै नगरपालिकाले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने बताउनुभयो ।
    नगरकोटको खानेपानीको मुहानसँगै निर्माणाधीन खेलमैदानतर्फ प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुहुँदै लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
    भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउनुहुँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो ।
    भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउनुहुुँदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने बताउनुभयो ।
    भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं. ३ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।
    भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता असार १६, १७ र १८ गतेसम्म हुने र उक्त प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजनक समितिले जनाएको छ ।

, , , , , , , , , ,

भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम

२०७९ असार १५ गते, बुधबार

भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत बुधबार भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं. वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्वले हरेक सम्पदा क्षेत्र, पोखरीको सरसफाइ कार्य खुल्ला अभियानका रुपमा लामो समयदेखि चलाउदै आएको र कोभिडको कारणले स्थगित भएकोले पुन कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । काठमाडौ उपत्यकामा हैजाको संक्रमण देखापरेकोले सतर्क हुनुपर्ने समेत बताउनुभयो ।

उहाँले हाम्रो ठाउँ हामी सबै सफा गरौ भन्ने उद्देश्यले नगरपालिकाले सरसफाइ कार्यक्रम सन्चालन भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा भक्तपुर नगरपालिकाले सरसफाईको लागि १३ करोड ५० लाख बजेत बिनियोजन गरिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा शिक्षक शिक्षिका, जनप्रतिनिधि, कर्मचारी, कर्मचारी, सहकारीकर्मी तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

, , , , , , , , , , ,

नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण (तस्बिरहरुमा)

२०७९ असार १ गते, बुधबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएका क्षेत्रको बुधबार निरीक्षण गर्नुभएको छ ।

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खालामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।

सोही अवसरमा उहाँले भक्तपुर नपा वडा नं. ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नं. ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गर्नुभयो ।

स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने लगायतका आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले जनताले गुनासोमाथि चासो लिनुहुँदै सक्दो चाँडो व्यवस्थाको लागि प्राविधिकहरुमार्फत कार्य अघि बढाउने बताउनुभयो ।

, , , , , , , , , , ,

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी भक्तपुर नपा वडा नं. ४ स्थित लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण कार्य निरीक्षणमा

, ,

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज स्नातक तहको आर्किटेक्चर शैक्षिक कार्यक्रमको दशौं सेमेष्टरका विद्यार्थीको थेसिस प्रदर्शनी अवलोकन गर्नुहुँदै । (२०७९ जेठ २३ गते, सोमबार)

, , , , ,

भक्तपुर नपाका नगर कार्यपालिकामा निर्वाचित सदस्यहरुको शपथग्रहण २०७९ जेठ १७ गते, मंगलबार

karyapalika members,

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भाजुपोखरी पुनःनिर्माण कार्यको मंगलबार निरीक्षण गर्नुहुँदै । हाल उक्त पोखरीको बीच भागमा निर्माणाधीन जलेश्वर मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

, , ,

भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रबिन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ संयुक्त रुपमा कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण गर्नुहुदैं ।

कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण, कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण, कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण, कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण

भक्तपुर । २०७९ वैशाख ८ गते, बिहीबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भनपाद्वारा गठित जगन्नाथक्षेत्र उत्खनन कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्त्विक जगन्नाथक्षेत्र उत्खनन्सम्बन्धी अध्ययन प्रतिवेदन भनपालाई एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो ।

, ,

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा जीर्णोद्धार गरिएको भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित न्हू पुखू (रानीपोखरी)को पानसमा द्वीप प्रज्ज्वलन तथा रिबन काटेर उद्घाटन गर्नुभयो ।

भनपाद्वारा आयाेजित नगरस्तरीय पछिमा बाजा प्रतियोगिता २०७८ को उद्घाटन गर्नहुदैं भनपा प्रमुख सुनिल प्रजापतिज्यू

भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको माक प्याखँ (बाँदर नाच)

भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको ख्यागोरा प्याखँ (नाच)

भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको सिंह नाच

भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको मयुर नाच

भक्तपुर नगरपालिकाले जग्गा धनी र मोहीबीच जग्गा बांडफांडको म्याद थप गर्न अनुरोध सहित सोमबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्र बुझायो। नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको टोलीले मन्त्री पदमा कुमारी अर्याललाई भेटी उक्त पत्र बुझाएको हो।
मन्त्रालयको जग्गामाथि द्वैध स्वामित्व अन्त्य गर्ने उद्देश्यले भाद्र ४ गतेसम्म अन्तिम म्याद दिई जग्गाधनी र मोहीबीच जग्गा बांडफांडको निवेदन दर्ता गर्न सुचना दिएकोमा अझै पनि जग्गा बांडफांड गर्न बांकी धेरै रहेको उल्लेख गर्दै नगरपालिकाले म्याद थप गरेमा वास्तविक किसानहरु लाभान्वित हुनेमा जोड दिएको हो।
'विभिन्न कारणले अझै पनि जग्गा बांडफांडको निवेदन दिन नसकेकाहरु धेरै संख्यामा छन्,' प्रमुख प्रजापतिले भन्नुभयो - 'पुर्खौदेखि जग्गा जोतिरहेका किसानहरुले जग्गामाथिको स्वामित्व पाउनुपर्छ ।'
जग्गा जोत्ने वास्तविक मोहीको जग्गामाथिको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दे प्रमुख प्रजापतिले मन्त्रालयले जनताको हितमा जग्गा बांडफांडको निवेदन दिने म्याद थप गर्ने विश्वास व्यक्त गर्नुभयो।
जवाफमा मन्त्री अर्यालले किसानको पक्षमा नगरपालिकाले अगुवाई गरेकोमा खुशी व्यक्त गर्दै म्याद थप सम्बन्धमा अाफु सकारात्मक रहेको जानकारी गराउनु भयो।
प्रमुख प्रजापतिको नेतुत्वमा गएको टोलीमा वडाअध्यक्षहरु रविन्द्र ज्याख्व र उकेश कवां सहभागी हुनुहुन्थ्यो ।
टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, रक्षा मन्त्रालय र शिक्षा मन्त्रालयमा पनि भेटघाट गरेको स्रोतले जानकारी दियो।

, , , ,

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर काण्ड कालो दिवसको स्मरणमा आयोजित प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का. नारायणमान विजुक्छें (रोहित) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथ्य का. नारायणमान विजुक्छेले नेपाल मजदुर किसान संगठनको ह्यजुलाई मार्ने कुनै छलफल, निर्णय र निर्देशन नदिएको र संगठनको नीति पनि नभएको बताउनु हुँदै राज्यस्तरबाट नै योजनावद्ध तरिकाले नै यो काण्ड घटाएको बताउनु भयो । यस काण्ड राज्यले नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्ने उद्देश्यले नै कुनै पनि समितिमा नभएका कर्ण प्रसाद ह्योजुलाई पीडित नै नभएका जनताहरुलाई राहत वितरण गर्न लगाएर जनतामा आक्रोस फैलाएर यो घटना घटाएको हो भन्नु भयो । उहाँले उक्त भक्तपुर काण्डलाई जर्मनको राइगस्टाग काण्डसँग तुलना गर्नु हुँदै जसरी राइसस्टाग काण्ड जनताको अगाडि पर्दाफास भयो त्यसरी नै भक्तपुर काण्डले पंचहरुलाई जनताहरुको अगाडि पर्दाफास गरेको हो भन्नु भयो । तत्कालिन जर्मन सरकारले संसदमा आफैले आगो लगाउन दिएर कम्युननिष्टहरुलाई समुल नष्ट गर्न खाजेको इतिहास विश्वसमक्ष भएको वताउनु हुँदै तत्कालिन पंचायती सरकारले पनि तत्कालिन नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्नको लागि भक्तपुर काण्ड सुनियोजित रुपमा गरेको वताउनु भयो । उहाँले त्यस दिन रातीनै प्रहरी प्रशासनले राती समात्न खोजेको जानकारी दिएको भएपनि आफु नभागेको प्रस· सुनाउनु हुँदै राती प्रहरीले आफ्नो घरमा छापा मार्दा भाग्न दिने वतावरण वनाएर मार्न षडयन्त्र गरेको सुनाउनु भयो । तत्कालिन समयमा जनताको धेरै सहयोग रहेको स्मरण गर्नु हुँदै वहाँले कार्यकर्ता साथीहरुमा अलिकति पनि हिनताको भाव आउन नहुुने वताउनु भयो । देश र जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको कारण कुनै पनि समयमा यस्तो घटना हुने तर्फ जनताहरु सचेत हुनु पर्ने वताउनु भयो ।
कार्यक्रमका सभापति नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले राजनीति भनेको गुलाबको ओछ्यान होइन भन्नु हुँदै राजनीतिको बाटो बा·ोति·ो हुने बताउनु भयो । वहाँले देश र जनताको लागि त्यागको भावना हुनु पर्ने वताउनु भयो । वहाँले जननिर्वाचित पदाधिकारीहरु हुँदाहुँदै कुनै समितिमा नभएका कर्ण प्रसाद ह्योजुलाई राहत वितरण गर्नु दिनु नै राज्यस्तरबाट षडयन्त्रको शुरुवाट गरेको थियो भन्ने पुष्टि हुन्छ भन्नु भयो । वहाँले तत्कालिन समयमा नगरपालिकाका कर्मचारीहरुलाई आस्थाको नाममा दुःख दिनु निश्चयनै तत्कालिन पंचायत सरकारको निर्लजता हो भन्नु भयो । तत्कालिन नेपाल मजदुर किसान संगठनको पंचायतमा गएर जनताको सेवा गर्ने नीति भएको र सो नीति अनुरुप जनताको सेवा गर्ने कार्य गरेको पंचहरुलाई सह्य नभएपछि राज्यस्तरबाट यो घटना भएको वताउनु भयो । भक्तपुर काण्ड एक राजनैतिक षडयन्त्र भएको र आगामी दिनमा जनताहरु सचेत हुनुपर्ने तर्फ इगित गर्दै वहाँले राजनैतिक कार्यकर्ता भएर सँधै देश र जनताको इमान्दारितापूर्वक सेवा गर्ने भावना हुनु पर्ने वताउनु भयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवाले तत्कालिन जेल जीवन र विद्यार्थी आन्दोलनको चर्चा गर्नु भयो । साहित्यको अध्ययनले राजनीतिमा लाग्ने प्रेरणा पाएको र विद्यार्थी आन्दोलनमा पनि भाग लिएको अुनभव सुनाउनु हुँदै वहाँले ०४२ सालमा नै जेल परेको अनुभव सुनाउनु भयो । भक्तपुर काण्ड राज्यस्तरको नै षडयन्त्र हो भन्नु हुँदै वहाँले तत्कालिन समयमा भीडलाई नियन्त्रण गर्न सक्ने अवस्था रहँदा रहँदै पनि भीड नियन्त्रण नर्गनुले नै षडयन्त्र हो भने पुष्टि हुने वहाँले वताउनु भयो । रातमा धरपकड गर्नु अर्को प्रमाण भएको वहाँले वताउनु हुँदै यदि षडयन्त्र नगरेको भए राती धरपकड गर्नु आवश्यक नभएको वताउनु भयो ।
भक्तपुर नगरपालिका प्रशासन प्रमुख अम्बिका धौभडेलले भक्तपुर काण्ड अन्याय अत्याचारको श्रृखला हो भन्नु हुँदै वहाँले तत्कालिन समयमा कर्मचारीहरुलाई २४ कर्मचारीहरुलाई जागीरबाट निकाला गरिएको अनुभव सुनाउनु भयो ।
पूर्व वडाध्यक्ष कृष्ण भक्त लवजुले आफ्नो अनुभव सुनाउनु हुँदै पार्टीका निर्देशनमा जागिर छाडेर वडाध्यक्षमा चुनाव लडेको वताउनु भयो । भक्तपुर काण्डको समयमा आफु कर्मचारी भएर पनि तत्कालिन समयमा राज्यले आफुलाई निर्मम अमानवीय यातना दिएको अनुभव सुनाउनु भयो । वहाँले नेमकिपामाथि आस्था राखेकै आधारमा आफु कर्मचारी भएपनि धेरै यातना दिएको अनुभव सुनाउनु भयो । त्यसैले आगामी दिनमा सचेत हुनु पर्ने वताउनु भयो ।
भक्तपुर नगरपालिकाका पूर्व कर्मचारी कृष्ण सागर वासीले पनि तत्कालिन समयको अनुभव सुनाउनु वडा वडामा जनप्रतिनिधिहरुको आदेश अनुसारमा टोलमा घुम्न गएको, क्षतिको विवरण संकलनमा व्यस्त भएको तर पंचायत सरकारले आफुलाई घटनामा संलग्न भएको आरोपमा निर्मम यातना दिएको अनुभव सुनाउनु भयो ।
उक्त कार्यक्रममा उप प्रमुख रजनी जोशी स्वागत मन्तव्य राख्नु भएको थियो भन्ने प्रमुख प्रशासकिय अधिकृत रोहित राज पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो भन्ने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर काण्ड विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

भक्तपुर, श्रावण ३१ गते बिहिबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भ.न.पा.का जनप्रतिनिधिहरु र अधिकार सम्पन्न बागमती परियोजनाका पदाधिकारीहरु बीच हनुमन्ते खोला करिडोर व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भयो । छलफलमा प्रमुख प्रजापतिले परियोजना कार्यान्वयन गर्न पूर्व जनप्रतिनिधिहरुलाई परियोजना सम्बन्धी प्रस्तुती गरी स्पष्ट पार्न सकिएमा कार्य क्षेत्रमा सम्भावित बाधा अड्चन कम हुने बताउनु भयो । परियोजनाको योजना तयार पार्दा हालको स्थलगत अवस्था र २०२१ सालको नापी नक्सालाई समेत मध्ये नजर गरी मापदण्डबाट मर्का पनें जग्गा धनी किसानहरु पहिचान गरी उनीहरुका समस्या सम्बोधन हुने गरी तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । जग्गा उपयोगको योजनाहरु तयार पार्दा जग्गा कारोवारीहरुले व्यक्तिगत फाइदाको निम्ति विभिन्न चलखेल हुनसक्ने हुंदा सो विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । परियोजनासंग सम्बन्धित सवै संघ-संस्थाहरुवीच समन्वय गरी सहकार्य गर्न सकेमा योजना कार्यान्वयन सरल हुने विचार व्यक्त गर्नुभयो ।
अधिकार सम्पन्न बागमती परियोजनाका प्रमुख आशिष घिमिरेले इवामुरा अस्पतालसंगैको पुलदेखि राधेराधेसम्मको हनुमन्ते खोलाको दुवै पति २०-२० मिटरको मापदण्डमा सडक हरियाली व्यवस्था गरी २०२१ सालको नापीनक्सा अनुसार खोलाको बहाव क्षेत्र कायम गरी योजना कार्यान्वयन गर्न टेन्डर आह्वान गरी स्वीकृत समेत भईसकेको जानकारी गराउनु भयो । उक्त योजना कार्यान्वयनको लागि सम्बन्धित जनप्रतिनिधिहरुलाई निकट भविष्य मै प्रस्तुति तयार गरी पेश गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
छलफलमा उपप्रमुख रजनी जोशी, वडाअध्यक्षहरु उकेश कवां, रविन्द्र ज्याख्व, श्यामकृष्ण खत्री, राजकृष्ण गोरा, हरि प्रसाद बासुकला, प्रेम गोपाल कर्माचार्य, भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, ई. रामगोविन्द श्रेष्ठ, ई. श्रीकृष्ण न्याईच्याई, परियोजनाका ई. रमेश प्रधानाङ्ग, योगन्द्र चित्रकार र रेशम बहादुर खत्रीको समेत उपस्थिति थियो ।

,

भक्तपुर, श्रावण ३१ गते बिहिबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग भक्तपुर सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी (सम्पर्क अधिकृत) देव वहादुर क्षेत्रीले भेट गर्नुभयो । भेटमा प्रमुख प्रजापतिले भक्तपुरको रानी पोखरीको पुनःनिर्माण र व्यवस्थापनको लागि भक्तपुर नगरपालिकाले नक्सा डिजाईनको कामको तयारी गरिरहेको बताउनु भयो । उहाँले रानीपोखरी र त्यसको वरपर प्रजापति समुदाय र अन्य विभिन्न समुदायका जनताले वर्षेनी देवाली पूजा गर्दै आएको हुंदा रानीपोखरीको पुनःनिर्माणले सुन्दरता बढ्नेछ भन्नुभयो । न.पा.का प्राविधिकहरुलाई आवश्यक सहयोग गर्न वहाँले प्रमुख सेनानीलाई ध्यानाकर्षण गर्नुभयो । सिद्धपोखरी उत्तरको खेलमैदानलाई विगतमा जस्तै विहान ६ः०० बजे देखि ९ः०० बजेसम्म फुटबल प्रशिक्षणको लागि खुल्ला गर्ने २०५५ साल असार ४ गते वलाधिकृत रथी प्रज्वल शम्शेर राणासंग भएको सम्झौता कार्यान्वयनमा जोड दिनुभयो ।
छलफलमा सैनिकको स्वामित्वमा रहेको च्वड्डा गणेशदेखि भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको सीमासम्मको ५८४ रोपनीे क्षेत्रका स्थानीय जनताहरुको आस्था र संस्कृतिसंग जोडिएका च्वड्डा गणेश क्षेत्र रानीपोखरी क्षेत्रलगायतलाई सार्वजनिक कायम गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिर र पोखरी क्षेत्रको सैनिकको स्वामित्वमा रहेको जग्गा सार्वजनिक कायम गर्न नीतिगत निर्णय गर्नुपर्ने भएकोले रक्षा मन्त्रालयसंग आवश्यक सल्लाह भईरहेको प्रमुख प्रजापतिले जानकारी गराउनु भयो ।
छलफलमा प्रमुख सेनानी क्षेत्रीले सम्पर्क अधिकृतको हैसियतले आफू प्रस्तावप्रति सकारात्म रहेको र प्राप्त सुझाव र पत्रको व्यहोरालाई सम्बन्धित माथिल्लो निकायमा पुयाएर खबर गर्ने बताउनु भयो ।

, ,

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग आइतबार ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं सामाजिक विकास समितिका पदाधिकारीहरुले नगरपालिका सभाकक्षमा भेटघाट गर्नुभयो । महानगरपालिकाका वडाध्यक्ष एवं समितिका संयोजक दिनेश कार्कीको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा संचालित जनस्वाथ्य केन्द्रमार्फत दैनिक ३०० को हाराहारीमा विरामीहरुले उपचार सेवा पाइरहेको बताउनुभयो ।
उहाँले केन्द्रमा ९ जना विशेषज्ञ डाक्टर सहित २३ जना डाक्टरहरुले विभिन्न रोगको उपचार गरिरहेको र अहिले आधुनिक सुविधासहितको इमर्जेन्सी सेवासंगै भिडियो एक्सरे सेवा समेत संचालन गरिरहेको चर्चा गर्दै नगरपालिका आफैंले ख्वप अस्पताल संचालन गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो ।
नगरबासी नयाँ पुस्तालाई पूर्व प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा भक्तपुरमै दिलाउन नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको प्रमुख प्रजापतिको भनाइ थियो ।
महानगरपालिकाको टोलीको नेतृत्वकर्ता वडाध्यक्ष कार्कीले भक्तपुर नगरपालिकाले वडा वडामा नर्स र स्वास्थ्य स्वयंसेविकाहरुमार्फत घरघरमा नर्सिङ्ग सेवा प्रदान गरिरहेको अनुकरणीय भएको बताउनुभयो । जनस्वास्थ्य क्षेत्रमा भक्तपुरका सकारात्मक गतिविधिहरुबाट आपूmहरु सिक्न आएको उल्लेख गर्दै उहाँले ललितपुरमा एउटा अस्पताल मात्र सरकारी र बाँकी २२ वटा अस्पतालहरु निजी रुपमा संचालन भएको तर नगरबासीहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउन नसकेको भन्नुभयो ।
टोलीका अर्का सदस्य स्वास्थ्य अधिकृत सरिता महर्जनले ललितपुरमा प्रत्येक वडामा वडा स्वास्थ्य कार्यान्वयन समितिमार्फत वडा दैनिक क्लिनिक संचालन गरिरहेको जानकरी दिनुभयो ।
भेटमा नगरपालिकाका उप प्रमुख रजनी जोशी, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां र प्रेम गोपाल कर्माचार्य तथा कार्यपालिका सदस्य छोरीमैयाँ सुजखू (प्रजापति) उपस्थित हुनुहुन्थ्यो ।

, , ,

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार नगरपालिकाको सभाकक्षमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाका प्रतिनिधिहरु र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुबीच बैठक बस्यो ।
बैठकले भक्तपुर नगरपालिकाभित्र सञ्चालित उद्योग वाणिज्य संघमा दर्ता भएका उद्योगहरुस“ग कर र घर बहाल कर उठाउन भक्तपुर उद्योग वाणिज्य संघले सहयोग गर्ने र भक्तपुर औद्योगिक क्षेत्रलाई अर्को ठाउ“मा स्थानान्तरण गरी सो क्षेत्रलाई हस्तकला क्षेत्रको रुपमा विकास गर्र्न संयुक्त  पहल गर्ने निर्णय ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको नीति तथा कार्यक्रममा पर्यटनलाई विशेष महŒव दिएको बताउनुभयो । उहा“ले भक्तपुरमा सांस्कृतिक संग्रहालय निर्माण गर्ने, दरवार क्षेत्रमा बत्तीको व्यवस्थापन गर्ने, नगरभित्र मुल सडकमा ढुंगा छाप्ने, भक्तपुरको सांस्कृतिक संग्रहालय निर्माण गर्नेलगायतका कामहरु गर्ने नीति रहेको बताउनुभयो । साथै नगरवासीहरुलाई करको दायरामा ल्याउन नगरपालिकाले गरिरहेको पहललाई उद्योग वाणिज्य संघको तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाले शिशुशालादेखि विश्वविद्यालय स्थापना गर्नेमा जोड दिंदै आएको बताउ“दै प्रमुख प्रजापतिले नगरपालिकाको हरेक कार्यमा नगरवासीहरुको साथ र सहयोग प्राप्त भएकोमा आफूहरु उत्साहित भएको बताउनुभयो ।    
भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले भक्तपुर नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिनुपर्ने, निर्यातमुखी हस्तकला र दिगो पर्यटनमा जोड दिनुपर्ने, औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रुपमा अगाडि ल्याउन सहयोग गर्ने, नगरभित्र आर्थिक गतिविधि बढाउने, भक्तपुर सडक महोत्सवलाई निरन्तरता दिने आदि कुराहरुमा भक्तपुर नगरपालिका र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भेटघाट कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपाका वडाअध्यक्ष श्यामकृष्ण खत्री, हरिप्रसाद बासुकला, हरिराम सुवाल, उकेश कवां, लक्ष्मीप्रसाद ह्यौंमिखा, कुमार चवाल, प्रप्रअ रोहितराज पोखरेल, कार्यपालिका सदस्य छोरीमैया“ सुजखु, सुनिता अवालको उपस्थिति थियो । साथै उद्योग वाणिज्य संघको तर्फबाट संघका अध्यक्ष रामप्रसाद प्रजापति, नि.अध्यक्ष कृष्णप्रसाद अवाल, प्रथम उपाध्यक्ष प्रदिप श्रेष्ठ, सचिव राजुमृगेन्द्र जोशी, सल्लाहकार योगराज भण्डारी, मोहनप्रसाद ताम्राकार, प्रज्ज्वल जोन्छे र कार्यकारी अधिकृत राजुमान बज्राचार्यको उपस्थिति थियो ।

, , ,

भक्तपुरको दरवारक्षेत्रस्थित ऐतिहासिक न्ह्यकं झ्यः दरवार (राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक) पुनः निर्माणसम्बन्धि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति, पर्यटन तथा नागरिक उद्देयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच मंगलबार बैठक सम्पन्न भयो ।
बैठकले दरवारसंग सम्बन्धित ऐतिहासिक प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनः निर्माण गर्न युनेस्कोको प्रधान कार्यालय पेरिसमा अनुमतिका लागि पुरातत्व विभागमार्फत अनुरोध पत्र पठाउने निर्णय ग¥यो । हाल दरवारको आधा भाग मल्लकालीन शैलीमा तथा बाँकी आधा भाग युरोपेली शैलीमा निर्माण गरिएको छ । राणा शासन कालमा दरवारको पूर्वी आधा भागलाई युरोपेली शैलीमा पुनः निर्माण गरिएको थियो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको उक्त दरवार पुनः निर्माणका लागि पुरातत्व विभागले ठेक्का समेत दिइसकेको अवस्थामा नगरपालिकाले विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक दरवारलाई मल्लकालीन शैलीमा नै निर्माण गर्नुपर्ने धारणा राखेको थियो । नगरपालिकाले दरवारका ऐतिहासिक प्रमाण तथा चित्रहरु संकलन गरी सम्पदाकै रुपमा संरक्षण गर्न विस्तृत नक्सा डिजाइनसहित विज्ञहरुबीच छलफल गरेको थियो । छलफल र अध्ययनको निचोड अनुसार दरवारको सम्पूर्ण भाग मल्लकालीन शैलीमा पुनः निर्माण गर्न मन्त्रालय र विभाग सहमत भएको थियो ।
युनेस्कोबाट अनुमति प्राप्त भएपछि दरवार पुनः निर्माणको लागि विनियोजित बजेट नगरपालिकाको बैंक खातामा जम्मा गरी नगरपालिका र पुरातत्व विभागको संयुक्त पहलमा उपभोक्ता समितिमार्फत उक्त दरवार पुनः निर्माण गरिने विषयमा सकारात्मक छलफल भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुरको सम्पदा संरक्षण कार्यमा ठेक्कापट्टा प्रकृया प्रत्युत्पादक भएको विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै प्रमुख प्रजापतिले स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत गरिएका निर्माणहरु बलियो, भरपर्दो, टिकाउ र कम लागतमा बनेको उल्लेख गर्नुभयो । ‘भक्तपुरमा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण गर्नुपर्नेमा मन्त्रालय पनि सकारात्मक छ’, उहाँले भन्नुभयो ।
प्रसिद्ध पचपन्न भ्mयाले दरवार भक्तपुर नगरपालिका र पुरातत्व विभागले संयुक्त रुपमा उपभोक्ता समितिमार्फत पुनः निर्माण गरिएको र २०७२ को विनाशकारी भूकम्पमा समेत कुनै क्षति नपुगेको प्रमुख प्रजापतिको भनाइ थियो । उहाँले ठेक्कामा बनाइएका सम्पदाहरु सम्पन्न भएको महिनादिन नपुग्दै चिरा पर्न थालेको र कच्चा भएको जनगुनासो रहेको चर्चा गर्दै भक्तपुरबासीहरु सम्पदा संरक्षणमा जागरुक र सचेत भएको बताउनुभयो ।
मंगलबारको बैठकले दरवार क्षेत्रस्थित मालती चोकको पश्चिम तर्फको भवन पुरातत्व विभागमार्फत टेण्डर गरी पुनः निर्माण समेत भइरहेको हुँदा अहिले पुनः निर्माण भइरहेको भाग मात्र टेण्डर मार्फत गराउने र बाँकी भाग नगरपालिकामार्फत पुनः निर्माण गराउने निर्णय समेत भएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
बैठकमा नगरपालिकाको तर्फबाट वडाध्यक्षहरु रविन्द्र ज्याख्व र उकेश कवां, सम्पदा शाखा प्रमुख आर्किटेक्ट रामगोविन्द श्रेष्ठ र प्रशासन प्रमुख अम्बिका धौभडेल उपस्थित थिए । त्यस्तै मन्त्रालय तथा पुरातत्व विभागको तर्फबाट डिभिजन इन्जिनियर सम्पत घिमिरे, राष्ट्रिय कला संग्रहालयका प्रमुख सरस्वती सिंह, स्मारक संरक्षण तथा दरवार हेरचाह प्रमुख मोहनसिं लामा, इन्जिनियर मोहन कृष्ण श्रेष्ठ, अधिकृतहरु प्रतिमा रञ्जित र राम प्रसाद कँडेल सहभागी थिए ।

, , ,

भ.न.पा.का प्रमुख सुनिल प्रजापतिले गुठी संस्थान कार्यालय, भक्तपुरका प्रमुख हरि सुवेदीलाई कार्य कक्षमा बोलाई ५ तल्ले मन्दिरमा पहिलो तल्लामा झण्डा राखेको, देको–मिवा–इतापाके जग्गा एकीकरण आवास आयोजनामा गुठी जग्गाबारे देखिएका समस्याहरु र गुठी संस्थानको भवन निर्माण सम्बन्धमा जनस्तरमा आएको गुनासोहरुबारे ध्यानाकर्षण गर्नुभयो ।
गुठी संस्थान प्रमुख सुवेदीले ५ तल्ले मन्दिरमा झण्डा राख्नेहरुलाई खाजा खर्चको रुपमा केही रकम दिने परम्परा रहेको, गत वर्ष ३ हजार रुपैया दिएकोमा यो वर्ष ५ हजार खाजा खर्च दिएको, रकम नपुग भएको भए छलफल गरेर समाधान गर्न सकिनेमा चर्चामा ल्याएकोमा दुःख लागेको बताउंदै छिट्टै नै सम्बन्धित पक्षसंग छलफल गरी समाधान गर्ने बताउनु भयो ।
गुठी जग्गाबारे तुमचो दुगुरेका समस्या समाधान भइसकेको, देको–मिवा–इतापाके आवास योजनाबारे पछि गुुठी संस्थानका केन्द्रीय प्रशासकहरुस“ग बसेर टुंग्याउन सकिने र दरवार क्षेत्रस्थित गुठी संस्थानको भवन परम्परागत शैली झल्किने गरी नक्सा पास प्रक्रिया अगाडि बढाएको र पुरानै शैलीमा निर्माण गर्ने जानकारी दिनुभयो ।

, , , , ,

‘देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको कुनै उद्देश्य छैन’ भक्तपुर, ३० असार ।

भक्तपुर नगरपालिकाको तेस्रो नगर सभाबाट पारित आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । अतिथि बिजुक्छेंले नगरपालिकाले जनताको भावनाअनुसार काम गर्नुपर्ने बताउ“दै हाम्रो कामले अरु नगरपालिकालाई उदाहरणीय ढ·ले इमानदारीपूर्वक काम गर्नु आवश्यक भएको बताउनुभयो । उहा“ले भक्तपुरको सय वर्षपछिको परिकल्पनालाई मूर्त रुप दिन भनपाको कार्यले महŒवपूर्ण योगदान पु¥याउने बताउनुभयो । देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको अरु कुनै स्वार्थ नभएको बताउ“दै नेता बिजुक्छेंले इमानदार र निःस्वार्थ भएर जनताका समस्याहरू सुल्झाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहा“ले भन्नुभयो, ‘सरकार योजनाविहीन हुनुहुन्न, देश निर्माणको निम्ति आवश्यक प्राविधिक जनशक्ति तयारीमा जुट्नुपर्दछ ।’ भनपाका प्रमुख सुनिल प्रजापतिले भनपाको आर्थिक वर्ष २०७४÷७५ को जेठ महिनासम्मको यथार्थ आय–व्यय र २०७५÷७६ को बजेटमा भक्तपुर नगरपालिकाले ख्वप अस्पताल, अरनिको सभाभवन, आदर निकेतन, वालोद्यान आदि निर्माण गर्ने, विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक ऋण उपलब्ध गराउने, कडा रोग लागेका बिरामीलाई आर्थिक सहयोग, व्यवस्थित तरकारी बजार निर्माण गर्ने, हनुमन्ते र खासाङखुसुङ खोला सुधार आदि योजनाहरू समावेश गरेको बताउनुभयो । प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले प्रदेशसभामा नक्कली कम्युनिष्टहरूलाई उदाङ्ग्याउने काम गर्दै जनताको अभिमतअनुसार प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहा“ले पु“जीवादी व्यवस्थाको ठूलो अवगुण भनेको भ्रष्टाचार हो भन्नुभयो । प्रदेशसभा सांसद सृजना सैंजूले प्रदेशको नीति तथा कार्यक्रमले गरिब जनतालाई सम्बोधन गर्न नसकेको भन्दै शासक दलमा दीर्घकालीन सोचको अभाव देखिएको बताउनुभयो । भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भनपाको नीति तथा कार्यक्रम समाजवादउन्मुख रहेको चर्चा गर्दै शिक्षा, स्वास्थ्यमा उल्लेखनीय लगानी र प्राथमिकता दिएको धारणा राख्नुभयो । त्रिवि शिक्षाशास्त्र सड्ढायका पूर्व डीन पृथुचरण वैद्यले शिक्षा क्षेत्रमा लगाएको बजेट सकारात्मक रहेको बताउ“दै आर्थिक बजेट व्यवहारिक रुपमा लागू हुनुपर्नेमा जोड दिनुभयो । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुरको भविष्य निर्माणको निम्ति भनपाले निरन्तर अग्रसर भएर काम गरेको र इतिहास, कला, संस्कृतिका जगेर्ना गर्न नपाको योगदान उल्लेखनीय रहेको बताउनुभयो । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले राष्ट्रिय पहिचान दिने कुरालाई बचाएर राख्नुपर्ने र नगरभित्रका पर्ति जग्गाको सही संरक्षण आवश्यक रहेको बताउनुभयो । स्वागत मन्तव्य दिंदै भनपाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि हु“दा विकास निर्माणको काममा तीव्रता पाएको जनताले महसुस गरेको बताउनुभयो । कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल र वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि बिजुक्छेंले नगरस्तरीय तथा वडास्तरीय योजनाहरूको पेश्की फछ्र्यौट सम्पन्न गरिसकेका उपभोक्ता समितिका पदाधिकारीहरूलाई धन्यवादपत्र प्रदान गर्नुभएको थियो । साथै भक्तपुर नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका घरधनीहरूलाई प्रशंसापत्र तथा अनुदान रकम प्रदान गर्नुभएको थियो । भनपाले आ.व. २०७५÷७६ को लागि चालूतर्फ ८७ करोड ९३ लाख ८८ हजार र पु“जीगततर्फ ८५ करोड ४६ लाख १२ हजार गरी कूल रु. १ अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको थियो ।

, , , , , , , , , , , , , , , , , , ,

भक्तपुर, २२ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शुक्रबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, स्वयम्सेवी र सञ्चारकर्मीहरूको एक विशेष समारोहबीच भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्दै अतिथि सुवालले पूर्ण खोप सुनिश्चित गर्न अहिलेझैं सधैं खोप अभियान सञ्चालन गरिरहनुपर्नेमा जोड दिनुभयो ।
    प्रत्येक वडाका वडाध्यक्षहरूलाई पनि पूर्ण खोप वडाको प्रमाणपत्र हस्तान्तरण गर्दै सांसद सुवालले भनपालाई भ्रष्टाचारमुक्त, सदाचारको नगर, बालश्रममुक्त, पूर्ण रोजगारीको सुनिश्चित गर्ने र गराउनेतर्फ पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
    नाफा र निजीकरणलाई जोड दिने पु“जीवादी व्यवस्थामा देशभरका जनताले पूर्ण स्वास्थ्य सेवा नपाउने चर्चा गर्दै उहा“ले स्वास्थ्य सेवा निःशुल्क गर्न समाजवादी व्यवस्था अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
    सत्तासीन दलका नेता, मन्त्री र मन्त्रीपत्नीहरूले सानो रोगको उपचार गर्न सरकारी खर्चमै विदेश जाने तर सर्वसाधारण जनताले जीवनजल र सिटामोल पनि नपाउने सरकारी बन्दोबस्तको निन्दा गर्दै सांसद सुवालले विदेशमा उपचार गर्न नपर्ने गरी सुविधासम्पन्न प्रदेश र जिल्लास्तरीय अस्पतालको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
    देश भ्रष्टाचारको दलदलमा फसिरहेको र लुटपाट भइरहेको हु“दा सरकारको समृद्धिको नारा खोक्रो सावित भएको चर्चा गर्दै उहा“ले शिक्षा, स्वास्थ्य, बैङ्किङ, यातायात, खानेपानी, सुरक्षा, प्रहरी, सेना आदि निजीकरण गर्न नहुने औंल्याउनुभयो ।
    जनताका नेताहरूको पेवा बन्न नहुने औंल्याउ“दै उहा“ले भन्नुभयो, ‘अर्थमन्त्रीको बजेट भाषण सार्वजनिक हुनेबित्तिकै हुने बजार भाउ वृद्धि रोकिनुपर्छ, प्रगतिशील कर लागू गरिनुपर्छ, मन्त्रीको खल्तीबाट योजना ल्याउने भए योजना आयोगको के अर्थ रह्यो ? कोटेश्वरमा हुने सडकजाम रोक्न वैकल्पिक बाटो बनाइनुपर्छ ।’
    भनपाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोऊन् भन्ने ध्येयले सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने विचार राख्दै स–साना कुरामा पनि विदेशी सहयोग ताक्ने बानी छोड्नुपर्छ भन्नुभयो ।
    एनजीओ र आईएनजीओप्रति भनपा सचेत रहेको औंल्याउ“दै प्रमुख प्रजापतिले भन्नुभयो, ‘राज्य जिम्मेवार र संवेदनशील नहु“दा देशको जनशक्तिको सही उपयोग हुन नसकेकोले विज्ञ चिकित्सक र नर्स बाध्य भएर विदेशिरहेका छन् ।’
    संविधानमा आधारभूत स्वास्थ्य सेवा पाउने उल्लेख भए तापनि व्यवहारमा लागू हुन नसकेको औंल्याउ“दै उहा“ले भक्तपुर नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका बनाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    भनपाका उपप्रमुख रजनी जोशीले स्वस्थ भएर जिउने नागरिकको जन्मसिद्ध अधिकार लागू भए समृद्ध नगरमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै स्वस्थ बन्न सबै नागरिकहरू सचेत र शिक्षित हुनुपर्छ भन्नुभयो ।
    ज्ञान, विज्ञान र शिक्षाको केन्द्र बनाउने अभियानमा भनपा लागेझैं स्वास्थ्य उपचार गर्ने केन्द्र बनाउन भनपा लागिरहने विश्वास उहा“ले व्यक्त गर्नुभयो ।
    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै रोकथाम गर्नुपर्नेमा जोड दिंदै निजी क्षेत्र पोषण गरेर सरकारी रकम सिध्याउने कामदेखि सतर्क हुनुपर्छ भन्नुभयो ।
    महामारी रोगको नियन्त्रणमा सुधार भए पनि रोग भयावहको स्थितिमा रहेको चर्चा गर्दै उहा“ले हुनेखाने र हु“दा खानेबीचको असमान दूरीले पनि उपचार गर्न नसकेर अकालमा मृत्यु भइरहेको बताउनुभयो ।
    बाल स्वास्थ्य महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले खोप अभियानबारे चर्चा गर्दै बिफर उन्मूलन भइसकेको र अब दादुरा र पोलियो उन्मूलनमा अगाडि बढिरहेको बताउनुभयो ।
    उहा“ले सुगम–दुर्गम, सहर–गाउ“ र धनी–गरिब सबैलाई उही गुणस्तरको खोप दिइरहेको उल्लेख गर्नुभयो ।
    जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर चन्दले केही रोग उन्मूलन गर्न नियमित खोप अझै आवश्यक रहेको बताउनुभयो । भनपाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवाले खोप अभियानको चर्चा गर्नुभयो भने वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले खोप अभियानको प्रगतिबारे जानकारी दिनुभयो ।

, , , , , , , , , , , , , , , , , , ,

भक्तपुर नगरपालिकाको बुधबार बसेकोे तेस्रो नगरसभा बैठकले विनियोजन विधेयक २०७५ र भक्तपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ सर्वसम्मतिले पारित गरियो ।
        बैठकमा विधायन समितिका सदस्य रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७५, भक्तपुर नगरपालिकाको विनियोजन विधेयक २०७५ र भक्तपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ सभामा प्रस्तुत गर्नुभयो । भनपाको प्रशासकीय कार्यविधि नियमित विधेयकमाथि नगरसभासद् शिवप्रसाद वाला र राजेन्द्र माकले आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो भने भनपाको विनियोजन विधेयक २०७५ बारे छलफल कार्यक्रममा नगर सभासद् सिद्धिराम अवालले बोल्नुभएको थियो ।
बैठकमा उप प्रमुख रजनी जोशीले मिति २०७५ असार १० गते सभामा प्रस्तुत गर्नुभएको आ.व. २०७५÷०७६ का लागि नगरपालिकाको अनुमानित आय–व्यय सहित १ अर्ब ७३ करोड ४० लाख रुपैया“ बराबरको बजेटमाथि सभासद्हरुबीच छलफल गरियो । बजेटबारे छलफलमा नगरसभासद्हरु रञ्जना त्वाती, विश्वराज शिल्पकार, बलराम न्हिसुतु, पूर्णगोपाल राजचल, श्यामसुन्दर मातां, राजेन्द्र माक, जितेन्द्र मुनंकर्मी, सिद्धिराम अवाल, तुल्सीलक्ष्मी दुमरु,रत्नकाजी नायभारी, शिवप्रसाद बाला, हरिरत्न गोर्खाली, सूर्यप्रसाद श्रेष्ठ, गोविन्द दुवाललगायतले आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख सुनिल प्रजापतिले सभाको अर्को बैठक आगामी २०७५ असार १७ गते आइतबार दिनको १ बजे बस्ने जानकारी दिनुभयो ।

 

, , , , ,

भक्तपुर नगरपालिकाको तेस्रो नगरसभा असार ८ गते नपाको सभाकक्षमा एक समारोहबीच शुभारम्भ भयो । सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नीति तथा कार्यक्रम बजेट बनाउने आधार पार्टीको घोषणापत्र नै हो र स्थानीय तह जनताको प्रत्यक्ष सेवा गर्ने थलो हो भन्नुभयो ।
    विकास निर्माण कार्य उपभोक्ता समिति र अमानतबाटै गर्नुपर्नेमा जोड दिंदै सांसद सुवालले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले दमकल र एम्बुलेन्सजस्तै समयमै खटेर जनताको सेवा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    नीति तथा कार्यक्रमअनुसारको बजेट ल्याएर कार्यान्वयन गर्न आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले भन्नुभयो –‘नपाले एनजीओ र आईएनजीओलाई नियन्त्रण गर्न लागिरहेको बेला कर्मचारीलाई व्यवसाय गर्न दिने÷एनजीओमा जान पाउने विधेयक मस्यौदा गलत छ, यस्तो कानुन बने देशलाई नवउपनिवेश बनाउ“छ ।’
    उहा“ले नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्न, सांस्कृतिकस्थल सल्लाघारी क्षेत्र र दूध चिस्यान केन्द्र पुनः सार्वजनिक गर्न, बा“सघारी खानेपानी भण्डारणमा फिल्टर राखी शुद्ध पानी खुवाउन नपाले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरिरहनुपर्छ भन्नुभयो ।
    भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान र ख्वप विश्वविद्यालय विधेयक पारित गराउन उहा“ले संसदमा सरकारको ध्यानाकर्षण गरिरहेको बताउनुभयो ।
    उहा“ले भक्तपुर औद्योगिक क्षेत्रबाट कर उठाउनुपर्ने र यस क्षेत्रबाट ध्वनी, धुवा“, रसायन, प्रदूषणयुक्त उद्योगहरु हटाएर हस्तकलामा आधारित उद्योगमात्र सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    कार्यक्रमका सभापति एवं भनपाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०७५÷७६ को प्रस्तावित नीति तथा कार्यक्रम पास भएपछि बजेट पेश गर्ने बताउनुभयो ।
    स्थानीय तहलाई कर्मचारी नियुक्ति गर्न रोक लगाउनु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो, उहा“ले भन्नुभयो ।
    प्रस्तावित नीति तथा कार्यक्रममा ख्वप विश्वविद्यालय स्थापना गर्न कार्य दल गठन गर्ने, शिक्षकहरूलाई तालिमको बन्दोबस्त गर्ने, अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूलाई आर्थिक अनुदानको व्यवस्था मिलाइने, शैक्षिक वर्ष ०७६ देखि कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमस“गै नेपालभाषाको पाठ्यक्रम लागू गर्ने उल्लेख छ ।
    त्यस्तै योग्य तर आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई रू. ५ लाखसम्म सहुलियत व्याज दरमा ऋण दिने, चिकित्साशास्त्रअन्तर्गत विभिन्न विषयमा एमडी वा सोसरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीमध्ये यो वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने, भक्तपुर नगरपालिकाले पुरानो क्षेत्र सीमाड्ढन गरी सांस्कृतिक नगर घोषणाको लागि कार्यदल गठन गर्ने, भक्तपुरको सांस्कृतिक र जनजीवन झल्किने सांस्कृतिक सङ्ग्रहालयको लागि अगाडि बढ्ने, आदर निकेतन सञ्चालनको लागि पहल गर्ने आदि प्रस्तावहरू नीति तथा कार्यक्रममा रहेका छन् ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भ¬ट्ट, भनपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडा अध्यक्ष उकेश कवां र भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले पनि बोल्नुभएको थियो ।

, , , ,

भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले भनपा वडा नं. ३ दरवार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय भवन पुनःनिर्माण सम्बन्धमा शनिबार नपाको सभाकक्षमा विभिन्न क्षेत्रका विज्ञ, प्राध्यापक, संस्कृतिविदहरूस“ग छलफल कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा जीर्णोद्धार र पुनःनिर्माणको कार्य ठेक्कापट्टाभन्दा पनि स्थानीय जनताको उपभोक्ता समिति र अमानतमार्फत गरिनुपर्ने विचार राख्नुभयो । सम्पदा क्षेत्रको जीर्णोद्धार संवेदनशील कार्य भएको बताउ“दै सांसद सुवालले यसको संरक्षणमा स्थानीय जनताको महŒवपूर्ण भूमिका रहने चर्चा गर्नुभयो । उहा“ले पुरातŒव विभाग, नगरपालिकाको समन्वयमा स्थानीय कालीगडको प्रयोग गरेर पुनःनिर्माणको काम अगाडि बढाउनुपर्ने बताउ“दै ठेक्कापट्टा दिइनु गलत हुने धारणा राख्नुभयो । उहा“ले संसद प्राज्ञिक थलो भएको बताउ“दै संसदीय परम्परा थाहा नभएका मान्छेहरू सांसद भएका कारण देश अगाडि बढ्न नसकेको बताउनुभयो । सत्ताको मातले संसदमा असंवैधानिक धम्कीको भाषा बोल्ने सांसदहरूको आलोचना गर्दै उहा“ले सरकार निरङ्कुश ढ·ले अगाडि बढे देश अप्ठ्यारो स्थितिमा पर्ने बताउनुभयो । गणतान्त्रिक व्यवस्थामा समेत राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी महारानीको सवारीजस्तो भइरहेको र त्यस कार्य अशोभनीय भएको बताउ“दै जनतालाई दुःख दिनु राजनेताको उद्देश्य हुनुहु“दैन भन्नुभयो । सांसद सुवालले संसद सदस्य भनेको देशको नीति कार्यक्रम, बजेट, विधेयक, दुईपक्षीय र बहुपक्षीयबीच समन्वय गर्ने निकाय भएको उल्लेख गर्दै सांसदको भागमा बजेट छुट्याउने कार्य गलत भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा स्थानीय जनताको मात्र नभई संसारकै सम्पत्ति भएको कारण यसको संरक्षण र संवद्र्धन अध्ययन–अनुसन्धान गरी कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो । उहा“ले विश्व सम्पदा क्षेत्रभित्रका सम्पदा संरक्षण गर्नु नपाको कर्तव्य भएको चर्चा गर्दै सम्पदा संरक्षणमा स्थानीय कालीगडलाई प्रयोग गरी सम्पदाहरूलाई मौलिक शैलीमा नै पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रजापतिले सम्पदा संरक्षण नपा र पुरातŒव विभागको समन्वयमा अगाडि बढाउनुपर्ने बताउ“दै नपाको नियमविपरीतका अडानहरू अस्वीकार्य रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सिंहध्वाका (न्ह्यकं झ्याः) कोे ऐतिहासिक, सामाजिक एवम् सांस्कृतिक महŒव, संरक्षणका विधिहरूबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । तत्कालीन राणा शासकहरूले दरवारको आधा भाग भत्काएर पश्चिमी शैलीमा लालबैठक बनाउ“दा दरवारको मल्लकालीन सम्पदा नास भएको उहा“को कथन थियो । कार्यक्रममा भक्तपुर जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाको अगुवाइ उल्लेखनीय भएको चर्चा गर्दै कला–संस्कृतिको मौलिक जगेर्नाको निम्ति स्थानीय जनताको प्रत्यक्ष सहभागिता महŒवपूर्ण हुने बताउनुभयो । उहा“ले सम्पदा पुनःनिर्माणमा स्थानीय कालीगडको कौशललाई सम्बोधन गर्नुपर्ने बताउ“दै निर्माण कार्यहरूमा युग सुहाउ“दो आधुनिक प्रविधिहरूलाई प्राथमिकता दिइनु उपयुक्त हुने बताउनुभयो । गुठी संस्थानका प्रमुख मीनराज चौधरीले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा नगरपालिका, गुठी संस्थान र पुरातŒव विभागबीच समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहा“ले सम्पदालाई अभिलेख बनाएर समयमै निर्माण सम्पन्न गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । पुल्चोक क्याम्पका प्रा.डा. प्रेमनाथ मास्केले सम्पदा निर्माणजस्तो संवेदनशील कार्यलाई ठेक्का दिंदा निर्माण सामग्रीहरूको गुणस्तरीयतामा समस्या आउन सक्ने बताउनुभयो । दरवार क्षेत्रमा अवस्थित पचपन्न झ्याले दरवारको सरसफाइ र संरक्षण गर्नुपर्ने बताउ“दै स्थानीय र विदेशी पर्यटकको लागि त्यसलाई खुला गर्नुपर्ने सुझाव दिनुभयो । प्राध्यापक भरत शर्माले भक्तपुरमा अरु ठाउ“को तुलनामा सम्पदाहरू संरक्षित हुनु सकारात्मक भएको बताउ“दै सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले पुरातŒव विभागको इज्जत राखिदिएको बताउनुभयो । भक्तपुरको सम्पदा संरक्षणमा स्थानीय कालीगडकै महŒवपूर्ण भूमिका भएको हु“दा सम्पदा संरक्षण जागरुक ढ·ले अगाडि बढाउनुपर्ने बताउनुभयो । पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले पुरातŒव विभागको विचार केन्द्रीय सरकारको विचार भएको बताउ“दै सम्पदा संरक्षणमा नगरपालिका र पुरातŒव विभागको सहकार्य महŒवपूर्ण हुने बताउनुभयो । उहा“ले सम्पदा पुनःनिर्माण राष्ट्रिय गौरवको विषय भएको हु“दा पटक–पटकको छलफल र अन्तरक्रियाहरू आवश्यक भएको बताउनुभयो । प्राध्यापक सुदर्शनराज तिवारीले निर्माण कार्यहरूमा आधुनिक प्रविधिको प्रयोग हुनसक्ने बताउ“दै सम्पदा पुनःनिर्माणमा पुरानो प्रमाणको आधारमा निर्णय लिनु बुद्धिमत्तापूर्ण हुने बताउनुभयो । पुनःनिर्माणको कार्य गर्दा त्यसको जग अध्ययन गर्नु र मल्लकालीन शैली अपनाएर सम्पदा पुनःनिर्माण गर्नु उपयुक्त हुने बताउनुभयो । राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख सरस्वती सिंहले सम्पदा संरक्षण प्रक्रियागत रुपमा निर्णय गराउन सकिने बताउ“दै राष्ट्रिय कला सङ्ग्रहालयको पुनःनिर्माणमा पुरातŒव विभाग र नगरपालिकाको समन्वय हुनसके उदाहरणीय रहने बताउनुभयो । उहा“ले पचपन्न झ्याल दरबारको नियमित सरसफाइको आवश्यकता औंल्याउ“दै नेपालीहरूको लागि पचपच्च झ्याल दरवारलाई खुला सङ्ग्रहालयको रुपमा पुनः सुरु गर्नुपर्ने बताउनुभयो । संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले पुराना दरबारहरू आक्रमण र प्रत्याक्रमणबाट बच्न चोकसहितको दरबार निर्माण भएको हुनसक्ने बताउ“दै सिंहध्वाकाको पुनःनिर्माण पुरानै मौलिक स्वरुपमै बनाउनुपर्ने बताउनुभयो । साथै पुनःनिर्माणको क्रममा त्यहा“का पुराना वस्तुहरूलाई सुरक्षित रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो । सम्पदा पुनःनिर्माण हामी आफैले गर्नसक्ने बताउ“दै संरक्षणविद् सूर्यभक्त सांगाछेंले पुर्खाको छोडेको सम्पत्तिलाई हामीले पुरानै शैली दिएर निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । स्थानीय समाजसेवी श्याम धौभडेलले पुनःनिर्माणका कार्यहरूमा ढिलाइ हु“दा यहा“ घुम्न आउने पर्यटकहरूबाट नकारात्मक प्रतिक्रियाहरू प्राप्त हुने बताउ“दै आफ्नो गौरवको हिसाबले पनि पुनःनिर्माणहरू द्रुतगतिमा अगाडि लानुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा अध्यक्ष रवीन्द्र ज्याख्वले गर्नुभएको थियो भने निरु शिल्पकारले भाजु पोखरीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । नगरपालिकाको आयोजनामा प्रसिद्ध सिंहध्वाका (न्हयेक“ झ्याः) दरवार जीर्णोद्धारसम्बन्धी शनिबार भएको छलफल कार्यक्रमबाट भएका निर्णयहरू ः– १. नेपाल सरकार पुरातŒव विभागअन्तर्गतको राष्ट्रिय कला संग्रहालय भएको सिंहध्वाका (न्ह्येक“ झ्याः) दरवार जीर्णोद्धार सम्बन्धित पुरातŒव विभागले दिएको टेण्डर खारेज गर्न विभागलाई आग्रह गर्ने । २. उक्त दरवार जीर्णोद्धारको लागि नेपाल सरकार पुरातŒव विभागबाट विनियोजित बजेट रकम भक्तपुर नगरपालिकाको कोषमा निकासा गर्न माग गर्ने तथा नगरपालिकाले नियमानुसार अमानतमा वा उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने । ३. प्रसिद्ध पचपन्न झ्याल दरवार जीर्णोद्धार नमुनाअनुसार भक्तपुर नगरपालिका र पुरातŒव विभागले संयुक्त रुपमा उक्त दरवार जीर्णोद्धार गर्न भक्तपुर नगरपालिकाको कोषमा बजेट निकासा माग गर्ने ।

, , , , , , , , , , , ,

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको एक वर्ष २०७५।०२।०७
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको एक वर्ष कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानितहरुको विवरण
नाम, थर  -         पद       - कार्यरत शाखा
गीता पोडे - सफाइ मजदुर - श्यानिटेसन उपशाखा
श्रीकृष्ण त्वांजू - हेल्पर - श्यानिटेसन उपशाखा
धनेश्वरी प्रजापति - सफाइ मजदुर - श्यानिटेसन उपशाखा
रविन कोजू - हेभी ड्राइभर - श्यानिटेसन उपशाखा
लक्ष्मण दुवाल - कार्यालय सहयोगी - प्रशासन शाखा
बेलभक्त बखुन्छे - कार्यालय सहयोगी - प्रेस एकाइ
मुरज दिदीया - खरिदार - पर्यटन सूचना केन्द्र
दामोदर लिवी - वडा सचिव - भनपा १ नं वडा कार्यालय
कृष्णगोविन्द सुवाल - ना.सु. - प्रशासन शाखा
सुर्यभक्त खर्बुजा - इन्जिनियर - सम्पदा उपशाखा

, , , , , , , , , , , , ,

भक्तपुर ।
    भक्तपुर नगरपालिकाले तयार गरेको विद्यालय शिक्षा आधारभूत तहको स्थानीय पाठ्यक्रमको विषयमा नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुबीच बैशाख ३१ गते सोमबार प्रवोधिकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
    कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई भक्तपुरको इतिहास, कला, संस्कृति र जनजीवनबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको बताउनुभयो ।
    विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई आएपछि भक्तपुर नगरपालिकाले पहिलिो प्रयास स्वरुप पाठ्यक्रम तयार गरेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरुलाई पढाउँदै जाँदा समयानुकूल सुझावहरु आएमा परिमार्जन गर्दै जाने बताउनुभयो । उहाँले अन्य कक्षाहरुको पाठ्यक्रम पनि तयार गर्दै जाने स्पष्ट पार्नुभयो ।
    प्रमुख प्रजापतिले नेपालको संविधानमा आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्यका साथै माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख भएपनि संघीय सरकारले शिक्षा क्षेत्रमा क्रमशः बजेट कम गर्दै गएबाट दोहोरो चरित्र प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीय सरकारले उचित श्रोतको व्यवस्था गरेमा विद्यालय शिक्षा निःशुल्क गर्ने भक्तपुर नै पहिलो नगरपालिका बन्ने निश्चित छ ।’ भक्तपुर नगरपालिकाले अहिले नै सातवटा शैक्षिक संस्थाहरुमार्फत विभिन्न विषयहरुमा स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको चर्चा गर्दै उहाँले सरकारले विधेयक पास गरेमा ख्वप विश्वविद्यालय संचालन गर्ने क्षमता रहेको प्रष्ट पार्नुभयो ।
    नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि अनेक बहानाबाजी गरेर स्थानीय तहको अधिकार कुण्ठित गर्न खोजिएको प्रति सचेत भएको प्रमुख प्रजापतिको कथन थियो । उहाँले शिक्षा, स्वास्थ्य उपचार, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रहरुमा भक्तपुरलाई देशकै नमूना बनाउने लक्ष्य सहितको अभियानमा रचनात्मक सहयोग गर्न प्रवुद्ध व्यक्तिहरुलाई आग्रह गर्नुभयो ।
    स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले भक्तपुरको रैथाने ज्ञान र प्रविधिलाई संरक्षण गर्न र लोप हुन लागेका सिपलाई पुर्नजीवन दिन स्थानीय पाठ्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाठ्यक्रम विकास केन्द्रसंग समन्वय गरेर बनाइएको चर्चा गर्दै व्यवस्थित ढाँचामा विद्यार्थीको मूल्यांकन गर्ने विधिसमेत उल्लेख गरेको जानकारी दिनुभयो ।
    नगरपालिकाबाट तयार गरिएको स्थानीय पाठ्यक्रमबारे प्रवोधिकरण गर्दै प्राध्यापक सिद्धिरत्न शाक्यले कार्यदलले शिक्षकहरुलाई विषयवस्तु पढाउन सजिलो बनाउने उद्देश्यले सरल ढंगबाट पाठ्यक्रम बनाइएको बताउनुभयो । उहाँले पाठ्यपुस्तकविना पनि सन्दर्भ सामग्री, स्थलगत भ्रमण र स्थानीय व्यक्तिहरुबीच अन्तरसम्वाद गरेर सहजै पढाउन सकिने प्रष्ट पार्नुभयो । भक्तपुरको स्थानीय मौलिकता र विशेषता पढाउनुपर्ने भएकोले सकभर स्थानीय शिक्षकले नै पढाएमा राम्रो हुने उल्लेख गर्दै उहाँले शिक्षकले मेहनत गरेमा विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।
    कार्यदलका सदस्यहरु उद्धव सुजखू र रोशनराज तुइतुईले स्थानीय पाठ्यक्रमलाई यसै शैक्षिक सत्रदेखि कक्षा १ र कक्षा ६ मा लागू गरिने र यसका लागि विषय शिक्षकहरुलाई जेठको दोश्रो हप्तामा अभिमुखीकरण गर्ने बताउनुभयो । स्थानीय पाठ्यक्रम सय पूर्णांकको हुने प्रत्येक विद्यालयले हप्तामा ४ पिरियड पढाउनुपर्ने उहाँहरुको भनाइ थियो ।
    नगरपालिकाले स्थानीय शिक्षासेवीहरुको भेलाबाट २०७४ माघ २३ गते एक कार्यदल गठन गरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने जिम्मेवारी दिएको थियो । कार्यदलले सरोकारवाला शिक्षक, प्रअ, अभिभावक, शिक्षाविद् एवं स्थानीय विज्ञहरुसंग अन्तरक्रिया तथा स्थलगत अध्ययन गरी पाठ्यक्रम तयार गरी २०७५ बैशाख २ गते एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
    पाठ्यक्रम नगरका ९२ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा १ र ६ मा यसै शैक्षिक सत्रदेखि लागू हुने छ । कक्षा १ मा निरन्तर मूल्यांकन पद्दति र कक्षा ६ मा सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाद्वारा विद्यार्थीको मूल्यांकन गरिने कार्यदल स्रोतले बताएको छ ।

, , , ,

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका केही सम्पदाहरु निर्माणका लागि जर्मन विकास बैंक केएफडब्ल्यूले सहयोग गर्ने प्रतिवद्धताबाट जर्मन पक्ष पछि हट्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग नेपालका लागि जर्मन राजदुत रोलाण्ड शेफरले सोमबार भेट गर्ने क्रममा केएफडब्ल्यूमार्फत हुने सहयोग हाललाई बन्द हुने तर भक्तपुरको विकास र सम्पदा संरक्षणको लागि अन्य उपयुक्त माध्यमबाट जर्मन सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणको कार्य भइरहेको बताउनुभयो । उपभोक्ता समितिमार्फत कार्य हुँदा संरचना बलियो हुने, संरचनाप्रति स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय कार्य हुने उहाँको भनाइ थियो । स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पांच तले मन्दिर, ५५ झ्याले दरबार, भैरबनाथ मन्दिर लगायत धेरै सम्पदाहरु सयौं वर्षसम्म जस्ताको तस्तै रहेको उल्लेख गर्दै नगरपालिकाले आप्mनै इन्जिनियरिङ कलेज संचालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधिको प्रयोगबाट बलियो र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने विषय अध्यापन गराइरहेको बताउनुभयो ।
जर्मन राजदुत शेफरले भक्तपुर नगरपालिका र केएफडब्ल्यूबीच यसअघि आदान प्रदान भएको पत्राचारमा देखिएका परियोजना सञ्चालन सम्बन्धी प्रमुख ३ वटा असमझदारीहरुमध्ये पुजारी मठको पुनः निर्माणमा स्टीलको रड प्रयोग र कंक्रीट ढलान गर्न नहुने, उपभोक्ता समितिमार्फत पुनःनिर्माण कार्य गर्ने, र भक्तपुर दरबारक्षेत्रका ऐतिहासिक सम्पदाहरु पुनः निर्माण गर्दा अन्तर्राष्ट्रिय टेण्डर गर्दा समस्या हुने विषयमा भक्तपुर नगरपालिकाको भावनालाई केएफडब्ल्यूले स्वीकार गर्न नसकेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको समर्पणभावको उच्च प्रशंसा गर्दै जनभावनाविपरित आफुहरु नजाने प्रष्ट पार्नुभयो ।
भक्तपुर र जर्मनी सरकारबीच जनस्तरमै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै राजदुत शेफरले नगरको हितमा कुनै पनि बखत सहयोग गर्न जर्मन सरकार तयार रहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रिय स्तरमै छलफल हुने र त्यसमा जर्मन सरकारको तर्फबाट पनि सहयोग गर्ने अवसर पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भूकम्पले पीडामा रहेका भक्तपुरबासीहरुलाई सहयोग गर्ने जर्मन सरकार र जर्मन नागरिकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भक्तपुरको सम्पदा विश्व सम्पदा सूचिमा सुचिकृत भएकोले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको प्रष्ट पार्नुभयो ।
भेटमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्व, ७ नं वडा अध्यक्ष उकेश कवां,  पर्यटन अधिकृत दामोदर सुवाल, जर्मन विकास सहयोग प्रमुख क्लाउडिया हिपे, शंकर पाण्डे र टिका ढकालको पनि उपस्थिति रहेको थियो ।

 

, , , ,

भक्तपुर ।
    भक्तपुर नगरपालिकाले सोमबार विभिन्न महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाबाट आउनुहुने प्रमुख, उप प्रमुख एवं जनप्रतिनिधिहरुलाई नगरपालिका सभाकक्षमा स्वागत ग¥यो । भक्तपुरको आप्mनै उत्पादन कालो टोपी, गलबन्दी र थैली उपहार दिएर स्वागत गरिएको उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका गतिविधिहरुको बारेमा जानकारी दिनुभयो ।
    उहाँले आठौं शताब्दीदेखि स्वतन्त्र राज्यको रुपमा सभ्यता बोकेको भक्तपुर आफैंमा जीवित संग्रहालय भएको चर्चा गर्दै यसलाई साँस्कृतिक शहरको रुपमा राज्यबाट घोषणा गराउन पहल भइरहेको बताउनुभयो ।
    प्रमुख प्रजापतिले २०७२ को विनाशकारी भूकम्पले भक्तपुरका १३६ भन्दा बढी सम्पदा र ८ हजारभन्दा बढी निजी घरहरुमा क्षति पु¥याएको उल्लेख गर्दै सम्पदा पुनःनिर्माणमा नगरपालिकाले विशेष ध्यान दिइरहेको प्रष्ट पार्नुभयो । उहाँले सम्पदा संरक्षणमा स्थानीय जनताको अपनत्वसहित उपभोक्ता समितिमार्फत कम लागतमा उच्च गुणस्तरीय कार्य भइरहेको उल्लेख गर्नुभयो ।
    निर्वाचनको बेला जनताबीच प्रतिवद्धता व्यक्त गरे अनुसार नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा प्राथमिकता दिएको उहाँको भनाइ थियो । ‘नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्र, ७ वटा शैक्षिक संस्थाहरु, ३ वटा जनस्वास्थ्य केन्द्रहरु र दशवटै वडामा नर्स र स्वास्थ्य स्वयंसेविका खटाएर घरदैलोमा नर्सिङ सेवा प्रदान गरिरहेका छौं, अब ख्वप अस्पताल र ख्वप विश्वविद्यालय स्थापनाको तयारीमा छौं’, प्रमुख प्रजापतिले भन्नुभयो ।
    नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका गतिविधिबारे जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आउनुहुने विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत गर्दै अनुभव आदान प्रदानले धेरै कुरा सिक्न सकिने विश्वास गर्नुभयो ।
    देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका प्रमुख आ. दिलभक्त जयनाले नगरपालिकाले संचालन गरिरहेका व्यवस्थित आवास योजनाहरुको स्थितिबारे अवगत गराउनुभयो ।
    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपछिको प्रगतिबाट प्रभावित भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुले भक्तपुरबाट धेरै कुरा सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, गौरीगंगा नगरपालिकाका उप प्रमुख अंचला चौधरी, घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, भेरीगंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्य लगायतले उपभोक्ता समितिमार्फत कार्य गर्ने शैली, घरदैलोमा नर्सिङ सेवा संचालन प्रकृया, ख्वप कलेजहरु संचालन भइरहेको आदिबारे उत्सुकतापूर्वक जिज्ञासाहरु व्यक्त गर्नुभएको थियो ।
    बीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, नीलकण्ठ नगरपालिका, बाँसगढी नगरपालिका, कविलासी नगरपालिका, हेटौडा उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, बेसीशहर नगरपालिका, दुहवी नगरपालिका, गौरीगाां नगरपालिका र भेरीगंगा नगरपालिकाबाट आउनुहुने प्रमुख, उप प्रमुख, वडाध्यक्ष, प्रमुख पशासकीय अधिकृतलगायतलाई औपचारिक कार्यक्रम पछि भक्तपुर नगरका सम्पदास्थलहरुको भ्रमण गराइएको थियो । त्यस्तै  नगरपालिकाबाट संचालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेजका प्राचार्य रुपक जोशीले कलेजहरुको भ्रमण गराई कलेज संचालनबारे जानकारी दिनुभयो ।

मध्यपुरका नगर प्रमुखमाथि साँघातिक हमलाको भक्तपुर नगर प्रमुखद्वारा भत्र्सना
भक्तपुर ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमाथि हालै भएको साँघातिक हमलाको घोर भत्र्सना गर्नुभयो । विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकामा स्वागत गर्ने क्रममा प्मुख प्रजापतिले जनप्रतिनिधिमाथिको हमला खेदजनक भएको उल्लेख गर्दै दोषीमाथि कार्वाही गर्न माग गर्नुभयो ।

 

, , , , , , , , ,

भक्तपुर नगरपालिकाद्धारा बर्षको उत्कृष्ट खेलाडी सम्मान

भक्तपुर, ८ बैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा २०७५ सालको शुभकामना तथा बर्षको उत्कृष्ट खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे(रोहित) को प्रमुख आतिथ्यतामा दरवार क्षेत्रमा एक समाराह बीच शनिवार सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाले चौध वटा बिभिन्न खेलकुद बिधामा २७ जना खेलाडीहरुलाई भक्तपुर जिल्लाको २०७४ सालको बर्षको उत्कृष्ट खेलाडी घोषणा गरी प्रमुख अतिथि विजुक्छेले मेडल, प्रमाणपत्र, ट्रयाकसुटबाट सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि भएको चर्चा गर्दै स्वस्थ शरीर विना देशको सेना बलियो नहुने र सार्वभौमिकता कमजोर हुने बताउनुभयो ।

सार्वभौम देश सिरियामाथि संरा अमेरिकी साम्राज्यवादी नेतृत्वको हमलाको विरोधमा सिरियाली जनता र देशभक्त सेनाले सशक्त प्रतिकार गरिरहेको उल्लेख गर्दै बिजुक्छेंले खेलकुदमा अगाडि बढेको देशको सार्वभौमिकता र भुअखण्डता रक्षा हुने बताउनु भयो ।

उहा“ले युवाहरु शारीरिक रुपमा मात्र नभई बौद्धिक रुपमा सक्षम हुनु पर्नेमा जोड दिंदै प्रमुख अतिथि बिजुक्छे्रले सत्ता र पदमा पुगेपनि बौद्धिक रुपमा सक्षम नहु“दा देशको सार्वभौमिकता एक एक पाईला गरी गुम्ने खतरा रहेको आंैल्याउनु भयो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरु राज्यको सम्पति भएको चर्चा गर्दै साम्राज्यवादी शक्तिहरुले पैसाको लागि नेपाली युवा खेलाडीहरुलाई आप्mनै देशको प्रयोग गर्ने सम्भावना रहेको बताउनुभयो ।

‘खेलाडीहरु व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई देश र समाजको प्रतिष्ठाको लागि खेल्नुपर्छ, पैसाको निम्ति आप्नो इमान बेच्ने कार्य कदापि सुहाउ“दैन’, उहा“ले बताउनुभयो ।

उहा“ले देशको नेतृत्व गर्न सक्षम युवा तयार गर्ने योजना अनुरुप नगरपालिकाले वडा खेलकुद समिति गठन गरी टोलटोलमा खेलकुद गतिबिधि अगाडि बढाउने र प्रतियोगितामा अनुदान र सहयोग गर्न खेलकुद नीति तयार गरेको बताउनु भयो । उहा“ले भक्तपुरमा खेलकुदको भौतिक पूर्वाधार तयार गर्न नगरपालिकाले योजना बनाइरहेको चर्चा गर्दै सिद्धपोखरीको उत्तर तथा पश्चिममा रहेका खेल मैदानहरुमा सर्वसाधारण जनताका छोराछोरीहरुलाई पनि खेल्ने व्यवस्थाका लागि सेनासंग समन्वय भइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएको बताउ“दै प्रमुख प्रजापतिले बैशाख ९ गतेदेखि नगरका सबै वडाहरुमा एक जना नर्स र स्वास्थ्य स्वयंसेविकाहरु खटाई घरघरमा नर्सि· सेवा उपलब्ध गराउन थालेको उल्लेख गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जाशीले चुनाबी घोषणा पत्र अनुसार युवाहरुलाई प्रथामिकतामा राखी विभिन्न खेलकुद आयोजना गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र उत्कृष्ट खेलाडी सम्मान गरेको बताउनु भयो । उहा“ले खेलको माध्यमबाट भक्तपुरलाई चिनाउने भक्तपुर नगरपालिकाको प्रयास रहेको र आफ्नो क्षमता प्रर्दशन गरेका खेलाडीलाई सम्मान व्यक्त गर्नु नगरपालिकाको दायित्व हो भन्नुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक किरण राणा, वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रजापतिले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंबाट सम्मानित हुने खेलाडीहरुमा टेबुल टेनिसमा पुरुषतर्फ रेखान तामा· र महिलातर्फ मनिषा सुवाल, एथलेटिक्समा पुरुषतर्फ रोहन सुवाल र महिलातर्फ प्रकृति सुवाल र बास्केट बलमा महिलातर्फ ईशा डण्डेख्या रहेका छन् । त्यस्तै फुटबलमा पुरुषतर्फ पुजन होना, शारीरिक सुगठनमा किसनदास दिवाकर, बक्सि·मा पुरुषतर्फ प्रकाश कुमार विष्ट र महिलातर्फ निता गोसाई, कबड्डीमा पुरुषतर्फ मनोज नापित र महिलातर्फ रविता दुवाल रहेका छन् । बुद्धिचालमा पुरुषतर्फ विक्रम चोकामी र महिलातर्फ मतिना कुसी, किक बसि·मा महिला तर्फ पद्मा सम्भवी तामा· र पुरुषतर्फ प्रकाश कुमार विष्ट, सितेरियो करातेंमा महिलातर्फ करुणा श्रेष्ठ र पुरुषतर्फ एरिश शर्मा, भलिबलमा पुरुषतर्फ विपिन शाही र महिलातर्फ मुना तामा·, खो खोमा पुरुषतर्फ मनिष सुलु र महिलातर्फ रबिना रम्तेल, तेक्वाण्डोमा पुरुषतर्फ किरण सितिखुं र महिलातर्फ रिना मुस्याख्व तथा ब्याडमिन्टनमा पुरुषतर्फ आयुष प्रजापति र महिलातर्फ रमा मातां पनि कार्यक्रममा सम्मानित भएका थिए ।

यससंगै प्रमुख अतिथि बिजुक्छेंले बैशाख ९ गतेदेखि घरदैलोमा नर्सिङ सेवा प्रारम्भ गर्नका लागि वडामा कार्यरत नर्स र वडाध्यक्षलाई उपचार सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी करांतेका मण्डेकाजी श्रेष्ठ र एथलेटिक्सका कान्छीमैंया कोजुलाई सम्मान गर्नुभयो । त्यस्तै भलिबलका ६ जना, फुटबलका १ जना, सितेरियो करांतेका १ जना, जिम्नाष्टिकका २ जना, एथलेटिक्सका १ जना, शारीरिक सुगठनमन ८ जना, टेबुल टेनिसका ३ जना खेलाडी प्रशिक्षक र निर्णायकहरु तथा नगर खेलकुद समितिका सदस्यहरु १९ जना र नगरपालिकाद्वारा संचालित खेल प्रशिक्षणमा लामो समयदेखि प्रशिक्षण दिंदै आएका ७ जना प्रशिक्षकहरुलाई पनि सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा भनाप ९ दत्तात्रयबाट शुभकामना ¥याली सुरु गरी नगर परिक्रमा गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षकहरु, विद्यालयका शिक्षक एवं विद्यार्थीहरु एवं स्थानीय नगरबासीहरुको सहभागितामा भएको उक्त ¥याली दरवार क्षेत्रमा समारोहमा परिणत भएको थियो । ¥याली शुरु हुनुअघि भनपा ४ का वडाध्यक्ष कुमार चवालले बोल्नु भएको थियो ।

 

प्रशिक्षक ट्रयाकसुट वितरण कार्यक्रम

विनोद चरण राय – भलिबल

मुना बासुकला – टेबुल टेनिस

इन्द्रभक्त पंच – टेबुल टेनिस

केदार तुईतुई – बक्सि·

कृष्ण सुन्दर प्रजापति – बक्सि·

रविना सुवाल – करांते

इन्द्र राजलवत – फुटबल

विभिन्न खेलमा २०७४ सालमा निर्णायक बन्न सफल खेलाडीहरु

१. भलिबल

१. निरु कैटी

२. मन्जु छुकां

३. राकेश मातां

४. सुजन बाटी

५. किरण गोसाई

६. रेश कुमार राजथला

 

२.सितेरिया करांते

१. प्रकाश मोहन धौभडेल ध्प्ँ च्भाचभभ

 

३. जिम्नाष्टिक

१. प्रशिक्षक ः विजेन्द्र श्रेष्ठ

२. तारा सिवाकोटी

 

४. फुटबल

१. इन्द्र प्रसाद राजलवत

 

५. एथलेटिक्स ः

१. आस राम गोठे

६. शारीरिक सुगठन ः रेफ्री

१. पद्मलाल शिलाकार

२. केशव नागा

३ .सुन्दर पोडे

४. सतिस मानन्धर

५. अमर दुवाल

६.रामेश्वर कुसी

७. श्याम लाखा

८. अबिरल बासुकला

 

७. टेबल टेनिस ः

१. राजिभ चिकंबन्जार

२. पल्पसा प्रजापति

३.रविन साध

 

नगर खेलकुद समिति सम्मान कार्यक्रम

जगनाथ प्रजापति

कृष्ण प्रसाद कोजु

रामकृष्ण प्रजापति

हरिराम मुस्याख्व

राजु सिं बजिको

पुण्यराम सुवाल

नारायणभक्त किसी

रामहरि श्रेष्ठ

कृष्ण गोविन्द लाखा

गणेश प्रसाद सुवाल

बलराम न्हिसुतु

गौत्तम सुजखु

शिवराम धुख्वा

कृष्णराम जाकिबन्जार

योगेन्द्र खर्बुजा

रामचन्द्र जाकिबन्जार

श्याम कृष्ण खत्री

रविन्द्र खर्बुजा

उकेश कवां

 

घर घरमा नर्सि· सेवाको लागि सामान हस्तान्तरण कार्यक्रम ः

 

१. वडा नं. १ ः वडा अध्यक्ष श्री श्याम कृष्ण खत्री, नर्स सुमि खर्बुजा

२. वडा नं. २ ः वडा अध्यक्ष श्री हरि प्रसाद बासुकला, नर्स रजनी सुवाल जरेजु

३. वडा नं. ५ ः वडा अध्यक्ष श्री प्रेम गोपाल कर्माचार्य, नर्स मन्जू छुकां

४. वडा नं. ७ ः वडा अध्यक्ष श्री उकेश कवां, नर्स सुमित्रा राजचल

५. वडा नं. ८ ः वडा अध्यक्ष श्री महेन्द्र खायमली, नर्स सबिता गोसाई

६. वडा नं. ९ ः वडा अध्यक्ष श्री रविन्द्र ज्याख्व, नर्स सविना दुवाल

७. वडा नं. १० ः वडा अध्यक्ष श्री लक्ष्मी प्रसाद ह्यौंमिखा, नर्स मोनिका पही

 

विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरुको सम्मान कार्यक्रम ः

१. टेबुल टेनिस

पुरुष ःरेखान तामा·

महिला ः मनिषा सुवाल

 

२. एथलेटिक्स

पुरुष ः रोहन सुवाल

महिला ः प्रकृति सुवाल

 

३. बास्केट बल

महिला ः ईशा डण्डेख्या

४. फुटबल

पुरुष ः पुजन होना

 

५. शारीरिक सुगठन

पुरुष ः किसनदास दिवाकर

 

६. बक्सि·

पुरुष ः प्रकाश कुमार विष्ट

महिला ः निता गोसाई

 

७. कबड्डी

पुरुष ः मनोज नापित

महिला ःरविना दुवाल

 

८. बुद्धिचाल

पुरुष ः विक्रम चोकामी

महिला ः मतिना कुसी

 

९. किक बसि·

महिला ः पद्मा सम्भवी तामा·

पुरुष ः प्रकाश कुमार विष्ट

 

१०. सितेरियो करातें

महिला ः करुणा श्रेष्ठ

पुरुष ः एरिश शर्मा

 

११. भलिबल

पुरुषः विपिन शाही

महिला ः मुना तामा·

 

१२. खो खो

पुरुष ः मनिष सुलु

महिला ःरबिना रम्टेल

 

१३. तेक्वाण्डो

पुरुष ः किरण सितिखुं,

महिला ः रिना मुस्याख्व

 

१४. ब्याटमिन्टन

पुरुष ः आयुष प्रजापति

महिला ः रमा मातां

 

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान कार्यक्रम ः

१. मण्डेकाजी श्रेष्ठ (करांते)

२. कान्छी मैया कोजु (दौड)

, , , , , , , , , , , , , , ,