News
२०८२ को तिहार कार्तिक ३ गते लक्ष्मीपूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाउन आग्रह
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा बुधबार तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा. वीरेन्द्रप्रसाद कायष्ठ र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा बैठक बस्यो ।
उक्त बैठकले तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कार्तिक २ गते आइतबार काग तिहार मनाउने, कार्तिक ३ गते सोमबार विहान कुकुर तिहार मनाउने र दिनको ३ः०० बजेपछि औंशी तिथि लाग्ने हु“दा सा“झ लक्ष्मी पूजा गर्ने, कार्तिक ४ गते मंगलबार दिनको ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हा पूजा गर्ने रकार्तिक ५ गते सांझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकोले किजा पूजा (भाई टिका) गर्ने निर्णय ग¥यो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी र प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको थियो ।
