FAQs Complain Problems

News

दुबै नाम गरेको ब्यक्ति एउटै हो भन्ने सिफारिस / फरक जन्म मिति संसोधन सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

1 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र
2 नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
3 चालु आ.व. सम्मको सफाई, मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
4 सम्बन्धित ब्यक्ती वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
5 आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निवेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने