FAQs Complain Problems

News

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

1 घर जग्गा नामसारी सम्बन्धित विस्तृत विवरण खुलेको निबेदन
2 निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
3 मृतक र निवेदकको बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
4 जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
5 सर्जमिन मुचुल्का गरी बुझाउनु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
6 चालु आ.व. सम्मको सफाई, मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
7 सम्मान हकदारहरुको सिमित ब्यक्तिले नामसारी गर्ने भए अन्य हकदारहरुको मन्जुरीमा कागजात

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने