FAQs Complain Problems

News

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव र सम्बन्धित प्राविधिक
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
प्रति रोपनीमा परिवार रु.३००।– हकवाला रु.५००।– बक्स पत्र रु.१४००।– अपुताली रु.१२५०।–
आवश्यक कागजातहरु: 

क) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ख) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
ग) एक भन्दा बढी हकदार भएमा मन्जुरनामा
घ) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
ङ) नाता प्रमाणितको प्रतिलिपी
च) मालपोत तिरेको रसिदको प्रतिलिपी
छ) कर फुकुवा पत्र

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।

वडाध्यक्ष, वडा सदस्य, वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।

निवेदन दर्ता गर्ने ।

तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस  तयार गर्ने ।

निवेदकले तोकिएको शुल्क बुझाउने ।

चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ ।