FAQs Complain Problems

News

वडा नं ७

संक्षिप्त परिचय

गोल्मढी, याता, ईनाचो, चोर्चा, वाचुटोल, जगाती, सिमालय, वासिगचा, हनुमानघाट, महेश्वरी लगायतका टोलहरु मिलाई राज्य पुनसंरचनासँगै साविक ६ र ७ वडा मिलाई ७ नं. वडाको राजनैतिक भूगोलमा अङ्कित गरेको छ ।
यो वडाको पूर्वमा ८ नं. वडा, उत्तरमा ६ नं र ९ नं., पश्चिममा ५ नं. वडा दक्षिणमा अरनिको राजमार्गसम्म सिमाना फैलिई भक्तपुर नगरमा ०.२९९८ वर्ग कि.मी. क्षेत्रफमा फैलिएको छ ।
७,५६३ जनसङ्ख्या रहेको यस वडाका जनताले कृषिलाई प्रमुख पेशाको रुपमा अङ्गालेका छन् भने व्यापार, नोकरी, मजदुरी व्यावसायहरुमा आवद्ध भई आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
यस वडामा १३९ थरका मानिसहरुको बसोबास रहेको पाइन्छ । यसमध्ये ९९ प्रतिशत नेवार रहेका छन् ।

साँस्कृतिक सम्पदाहरु

पाटी – ४३ ओटा
पोखरी – ४ ओटा
ईनार – २७ ओटा
पुल – ५ ओटा
मस्जिद – १ ओटा
मन्दिर – १५ ओटा
वहि – २ ओटा
विहार – १ ओटा
चैत्य – ५ ओटा
ढुङ्गे धारा – १० ओटा
सतल  – ११ ओटा
द्यःछेँ – ३ ओटा
तीर्थस्थलहरु – त्रिवेणीघाट, महेश्वरीघाट र हनुमानघाट
सामुदायिक र संस्थागत विद्यालय – ४ मावि र ३ आधारभूत विद्यालय
खेल मैदान – महेश्वरी खेल मैदान

मुख्य पर्यटकीय स्थानहरु

चन्द्र विन्दु प्रवेशद्वार
महेश्वरी ध्वाका (प्रवेशद्वार)
पभो गणेश मन्दिर
नित्यनाथ मन्दिर
सिद्धि गणेश मन्दिर
खँचा पोखरी
कमल पोखरी (वडा कार्यालय अगाडि)
गणेश पाटी
गोदमढी पाटी
हनुमानघाट पाटी
चोर्चा गःहिति ढुङ्गेधारा
हनुमानघाट

वडा नं. ७ वडा समिति

अध्यक्ष : उकेश कवां
सदस्य : हरिरत्न गोर्खाली
सदस्य : रन्जना त्वाती
सदस्य : हेरा ख्याजु

 

Nepali
Population: 
७५६३
Ward Contact Number: 
०१६६१२१३२
Weight: 
0