FAQs Complain Problems

News

वडा नं. १

सामान्य परिचय

साविक १७ वडा सङ्घीयता लागु भएपछि वडा नं. १ भएको हो । यस वडाको पूर्व भक्तपुर नगरपालिका वडा नं. ३ र २, पश्चिम मध्यपुर–थिमी नगरपालिका, उत्तर भक्तपुर नगरपालिका वडा नं. १५ र चाँगुनारायण नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका रहेको छ ।
यस वडाको कुल क्षेत्रफल १.६५७५ वर्ग कि.मी छ । २०७८ को जनगणनाअनुसार यहाँ जम्मा ९,९०१ जनसंख्याको बसोबास रहेको छ जसमा महिला जनसंख्या ५,०५१ रहेको छ भने पुरुषको जनसंख्या ४,८५० रहेको छ । त्यसैगरी २०७४ अनुसार यस वडामा २,३४५ महिला मतदाता र २,१०६ पुरुष मतदाता गरि जम्मा कूल ४,४५१ मतदाता छन् । अधिकांश नेवार बस्तीको बाहुल्यता रहेको यस वडामा १,१२७ घरधुरी संख्या रहेको छ । यहाँ २,३४२ परिवार बसोबास गर्दछन् भने परिवारको आकार ४.२२७५ र जनघनत्व प्रति हेक्टर ९०.३५ रहेको छ । यस वडामा सामाजिक सुरक्षा भत्ता लाभग्राही ५५३ जनाको अभिलेख रहेको छ ।.

संस्थाहरु

यस वडामा रहेका संस्थाहरुको संक्षिप्त विवरण निम्नानुसार छ ।
शैक्षिक संस्था – १८
सामाजिक संस्था – ३५
महिला समूह –३
अस्पताल – ५
सरकारी कार्यालय – १२
वित्तिय संस्था – ५
सहकारी – २९
उद्योग – १२
सार्वजनिक शौचालय – ५
पसल (२०७४ साउन सम्म) – ७५१

ऐतिहासिक स्थलहरु एवम् प्रसिद्ध पोखरीहरु

भक्तपुरका ऐतिहासिक स्थलहरु एवम् प्रसिद्ध पोखरीहरु तःपुखू, न्हू पुखू, नःपुखू, भाजु पुखू र कुथु वहि, भार्वाच्च ढोका, च्वङ्गा गणेश मन्दिर पनि यसै वडामा रहेका छन् ।
त्यसैगरि यस वडामा ८३ मन्दिर, १ द्यःछें, २ वहि, १ सत्तल, ४ पोखरी, ९ ढुङ्गेधारा, २९ पाटी, १२ इनार, १३ कुवा, ५ पुल, १४ चैत्य, २ पार्क, ६ ढोका ६ दाफा भजन, ९ बाजा खल, ५ नाचगान रहेको देखिन्छ ।
यस वडालाई परम्परागत ऐतिहासिक सांस्कृतिक विधाहरु हनुमान नाच, नतुवाचा नाच, फाकंदली, माक प्याखं, धिमेय्बाजा, बासुरीबाजा, दाफा, भजनको लागि पनि चिनिन्छ ।

थरको आधारमा भाषिक जातीय सङ्ख्या (कोष्ठमा प्रतिशत)

१) नेवारभाषा बोल्ने जाति ११४ (६३.३३)                २) नेपालीभाषामा बोल्ने जाति ५७ (३१.६६)
३) तामाङभाषा बोल्ने जाति ४ (२.२२)                   ४) मुस्लीमभाषा बोल्ने जाति २ (१.११)
५) राईभाषा बोल्ने जाति १ (०.५५)                        ६) मगरभाषा बोल्ने जाति १ (०.५५)
७) गुरुङभाषा बोल्ने जाति १ (०.५५)

 

वडा नं. १ वडा समिति

अध्यक्ष : श्यामकृष्ण खत्री
सदस्य : सूर्य प्रसाद श्रेष्ठ
सदस्य : गंगालक्ष्मी बमनु
सदस्य : कल्पना शिल्पकार

Nepali
Population: 
९९०१
Ward Contact Number: 
०१६६१२१२४
Weight: 
0