FAQs Complain Problems

News

वडा न‍‍ं. २

संक्षिप्त परिचय

भक्तपुर नगरपालिका साविक १० र १५ वडा गाभेर हालको वडा नं. २ बनेको हो । यस वडाको क्षेत्रफल ०.९६१८ वर्ग किमी छ । २०६८मा भएको जनगणनाअनुसार यस वडामा पुरुष ५,२७१ जना र महिला ५,२८२ जना गरी जम्मा १०,५५३ जना छन् । कूल घरधुरी सङ्ख्या २,२७३ छन् । भक्तपुर नगरपालिकाको कार्यालय यस वडामा रहेको छ । साथै शहीद स्मृति उद्यान, भक्तपुर औद्योगिक क्षेत्र, कालदह पोखरी, कासनघाट, टुरिष्ट बसपार्क, जनज्योति पुस्तकालय, सिलु महादेवको मन्दिर पनि यसै वडामा रहेको छ ।

मुख्य पर्यटकीय स्थानहरु

पर्यटक सूचना केन्द्र
दाफा फल्चा
तहाँ फल्चा
छवास फल्चा
किसि फल्चा
बालाखु पाटी
लघु पाटी
लोकेश्वर मन्दिर
हरिहर नारायण मन्दिर
बालाखु गणेश मन्दिर
इन्द्रायणी मन्दिर
कालीघाट मन्दिर
ब्यासी ढुङ्गेधारा
धवां हिति
कुस्के चोकको इनार
काल दह
शहीद स्मृति बाल उद्यान
ब्यासी ढोका

वडा नं. २ वडा समिति

अध्यक्ष : हरि प्रसाद बासुकला
सदस्य : श्याम सुन्दर मातां
सदस्य : न्हुछेराम कोजु
सदस्य : मन्जु मैया लाखाजु

 

Nepali
Population: 
१०५५३
Ward Contact Number: 
०१६६१२१६१
Weight: 
0