FAQs Complain Problems

News

भक्तपुर नगरपालिका संक्षिप्त परिचय

साँस्कृतिक नगर भक्तपुरको परिचयः

स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाण्डौ उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे जिल्ला उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मीटर माथि अवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मी. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, मुस्लिम र अन्यजातिहरु बसोबास गर्दछन् । वि.सं. २०६८ सालको जनगणना अनुसार भक्तपुर जिल्लामा ३०४६५१ र ऐतिहासिकनगरी भक्तपुरमा ८३६५८ जनसंख्याबसोबास गर्दछन् । यहाँका सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ माविश्व सम्पदा सूचीमा सूचीकृत गरियो । नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायण बाट शुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदीले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउँछ ।

ईतिहासः

नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौ शताब्दीको लिच्छबीकालिन शिलालेखबाट प्रारम्भ भएको हो ।भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजाआनन्द देवले स्थापना गरेको थियो । यहाँको सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजायक्षमल्लको पालामा बनेको थियो । यो नगर बाह्रौं शताब्दी देखि पन्ध्रौं शताब्दीसम्म नेपालको राजधानीनगरको रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दी सम्म एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।

भूगोलः

भक्तपुर नगर राजनैतिक रुपमा १७ वडा र २४ वटा टोलहरुमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी.  लम्बाई र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगरभरी पोखरीहरु छरिएका छन् ।

हावापानीः

भक्तपुर नगर काठमाण्डौ उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाण्डौ उपत्यकाको हावापानी संग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउँदमा न्युनतम –३ डिग्री सेल्सियस सम्म पुग्दछ । यहाँको औसत वर्षा १३६२.२ मिलीमीटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेष्ठ महिना देखि भदौ सम्म) हुन्छ ।

अर्थव्यवस्थाः

यस शहरको आर्थिक वृद्धि विस्तारै बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो भने पर्यटन तीब्र रुपमा विकास हुँदै गरेको उद्योग हो । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरु यहाँको आम्दानीको मूख्य स्रोत हुन् । २०६८ सालको जनगणना अनुसार यस नगरको कुल गार्हस्थ उत्पादन ६२०८५००००००० र प्रति व्यक्ति आम्दानी ७४२ डलर रहेको छ ।

पर्यटनः

यस शहरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको छ । अक्टोबर र नोभेम्बर महिना भक्तपुरमा पर्यटन आगमनको मुख्य सिजन हो । आ.व. २०७०।७१ मा २ लाख ९० हजार पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।

कृषिः

भक्तपुर शहरमा केही हेक्तर जमीनमात्र कृषि उत्पादनको लागि प्रयोग हुन्छ । यहाँको मुख्यउत्पादनधान, गहुँ, मकै, हरियो सागसब्जी र गेडागुडीहरु हुन् । कुखुरा पालन व्यवसायमा यो शहर आत्मनिर्भर छ ।

उद्योगः

भक्तपुर शहरमा एउटा साना औद्योगिक क्षेत्र छ जहाँ कपडा, डेरी, काष्ठकला, रंग, सेरामिक्स, बुनाई, नेपाली कागज र धातुका सामग्रीहरुको उद्योगहरु सञ्चालित छन् । यस शहरको पर्यटन उद्योगको विकासको लागि औद्योगिक क्षेत्रलाई स्थानीय सीपमा आधारित हस्तकला औद्योगिक क्षेत्रमा परिणत गर्नु पर्ने देखिन्छ । धान, चिउरा, काष्ठकला उद्योग र फर्निचर उद्योग, सिलाई र बुनाई, पौभा र थाङ्का लेखन, गलैंचा, धातुको सामग्री, माटोको भाँडाकुँडा आदि यस शहरका अन्य औद्योगिक उत्पादनहरु हुन् ।

हस्तकलाः

यस शहरका हस्तकला उत्पादनहरु उच्च गुणस्तरका लागि प्रख्यात छन् । काष्ठकला, थाङ्का र पौभाचित्र, नेपालीकागजका सामग्री, पुतली, ऊनको सामग्री, धातुकला, गहना, प्रस्तरकला, मितृकाकलाआदीयहाँका प्रमुख हस्तकलाका उत्पादनहरु हुन् ।

शिक्षाः

यस शहरमा १३ वटा प्राथमिक विद्यालय, १३ वटा निम्न माध्यामिक विद्यालय, ६० वटा माध्यामिक विद्यालय, १० वटाउच्च माध्यामिकविद्यालय, ७ वटा कलेज र दुई वटा प्राविधिक शिक्षण संस्थाहरु रहेका छन् । यी संस्थाहरुमा विभिन्न संकायहरुमा हजारौं विद्यार्थीहरु अध्ययनरत छन् । भक्तपुर नगरपालिका आफैंले ५ वटा कलेजहरु र एउटा बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन गरिरहेको छ । यी शैक्षिक संस्थाहरुमा नेपालका ६५ जिल्लाहरुबाट ५ हजार भन्दा बढी विद्यार्थीहरु विभिन्न संकाय र विषयहरुमा न्युन शुल्कमा अध्ययनरत छन् ।

स्वास्थ्यः

हाल यस शहरमा ४ वटा अस्पतालहरु र ३ वटा जनस्वास्थ्य केन्द्रहरु रहेका छन् । यीमध्ये एउटा बालबालिका र महिला रोग सम्बन्धित छ, एउटा अर्बुद्ध रोग संग सम्बन्धित र बा“की २ सामान्य रोगहरुको उपचार संग सम्बन्धित छन् । नगरपालिकाले नगरका विभिन्न ठाउँमा जनस्वास्थ्य केन्द्रहरु पनि सञ्चालन गरि रहेको छ । हाल आकस्मिक सेवा प्रदानगर्दै नगरपालिकाले अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।

संस्कृतिः

"जीवित सम्पदा" र जीवित संग्रहालयको रुपमा रहेको भक्तपुरले नेवारी संस्कृतिको विविध आयामहरुलाई प्रस्तुत गर्दै आएको छ । नेवारहरुको महान चा“डपर्वहरु, मौलिक जीवनशैली, संस्कार, दाफाभजन, गुठी, परम्परागत बाजागाजा र नृत्य समूहले यहाँको अमूर्त कलालाई जीवन प्रदान गरिरहेको छ ।

विस्केट जात्रा, गाई जात्रा, दशैं, तिहार, आदि यो शहरका प्रमुख जात्राहरु हुन् । भक्तपुर आउने सबै पाहुनाहरुले यहाँका दैनिक साँस्कृतिक गतिबिधि जस्तै दाफाभजन, पूजाआजा, साँस्कृतिक नाचगान, संस्कार मौलिक नेवारी पोशाक र जीवनशैली आदि प्रत्यक्ष अनुभव गर्न सकिन्छ । यी जीवित सम्पदाहरु पुस्तौं पुस्ता देखि एक पुस्ताबाट अर्को पुस्तामा नटुटिने गरि सीप हस्तान्तरण हुँदै आएको छ ।

 

भक्तपुर नगरको ऐतिहासिक परिचय

  • भक्तपुर ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय नगर
  • “नेपालको रोम शहरको रुपमा परिचित”, स्थानीय भाषामा “ख्वप”
  • “संस्कृतिको नगर”, “जीवित सम्पदा”, “नाँचगानको राजधानी” र “नेपालको साँस्कृतिक रत्न” को रुपमा परिचित 
  • “जुजु धौ”, भादगाउँले टोपी तथा हाकु पटासी
  • १२ औं शताब्दीमा राजा आनन्द मल्लबाट स्थापित
  • १५ औं शताब्दीसम्म मल्ल राज्यको राजधानी शहर
  • १८ औं शताब्दीको शुरूवातमा हालको भौगोलिक स्वरूप लिएको
  • यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सुचिकृत

सीमाना (चार किल्ला)

  • पूर्व    — नगरकोट नगरपालिका
  • पश्चिम    — मध्यपुर थिमी नगरपालिका
  • उत्तर    — चांगुनारायण नगरपालिका
  • दक्षिण    — सुर्य विनायक नगरपालिका

अवस्थिति :

  • अक्षांश    — २७० ३९’ ५६” – २७० ४१’ ५” ल्
  • देशान्तर    — ८५० २४’ ३९” – ८५० २६’ ५५” भ्
  • उचाइ     — १४०१ मिटर
  • क्षेत्रफल ६.८८९९ ब.कि.मी., ६८८.९९ हेक्टर
  • उचाई समुद्रको सतहबाट करिव १,३५० मिटर
  • वडा संख्या— १७ 
  • तापक्रम : अधिकत्तमः ३२, न्यूनतमः २

जनसंख्या विवरण –    २०६८    

क) पुरुष संख्या : ४२,६७८    

ख) महिला संख्या :  ४०,९८०    

  • कुल जनसंख्या : ८३,६५८    
  • जनसंख्या वृद्धिदर : १.६८    
  • घरधुरी संख्या : १७,६५५
  • जनघनत्व  : १२.७५३     
  • औसत परिवार संख्या : ६
  • मुख्य जात,जातिहरु : नेवार

महत्वपूर्ण तथा पर्यटकीय स्थल –

क) दरवार क्षेत्र : विश्व सम्पदामा समावेश भएको पच्चपन्न भ्mयाल  दरवार, स्वर्णद्वार समेत
ख) टौमढी क्षेत्र : विश्व प्रसिद्ध पांच तल्ले मन्दिर र भैरवनाथ मन्दिर
ग) दत्तात्रय क्षेत्र : मठैमठले घेरिएको दत्तात्रय मन्दिर र पुजारी मठ
घ) तालाक्व क्षेत्र : परम्परागत माटाको भांडाकुंडा बनाउने ठाउं 
ङ) पोखरी : सिद्धपोखरी, कमलविनायक पोखरी

भूउपयोगको अवस्था (हेक्टर) –

बसोबास क्षेत्र : ११५.४००
कृषि क्षेत्र : ५१९.१००
बजार क्षेत्र : ५.८००
वन क्षेत्र : ३४.४००
जलक्षेत्र : २२.९००
संरक्षित स्मारक क्षेत्र : ७.७००

भक्तपुर नगरपालिका कार्यालयको इतिहास

नाम

मिति देखि

मिति सम्म

आदेश

मिन्यूसिपालिटी

२००६।३।२४

२००७।४।१०

ख. नि.

नगर पञ्चायत

२००७।४।११

२०१०।२।१८

ख. नि.

नगरपालिका

२०१०।२।१९

२०१९।५।३

गजेट

नगर पञ्चायत

२०१९।५।४

२०४५।५।२३

गजेट

नगर पञ्चायत समिति

२०४५।५।२४

२०४७।२।२९

गजेट

नगरपालिका

२०४७।२।३०

हाल सम्म

गजेट