FAQs Complain Problems

News

मिति २०७५ फागुन ५ गते सम्पन्न अन्तर नगर कराँते प्रतियोेगिताको नतिजा

मिति २०७५ फागुन ५ गते सम्पन्न अन्तर नगर कराँते प्रतियोेगिताको नतिजा

पुरुष काटातर्फ यनोज महर्जन (ललितपुर) प्रथम, स्वर्णिम मानन्धर (चन्द्रागिरी) द्वितीय, सिरिस श्रेष्ठ (भक्तपुर) र विकेश नेपाली (तुल्सीपुर) ले तृतीय स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी महिलातर्फको काटामा मन्दिरा थापामगर (काठमाडौं) प्रथम, सञ्जु देसार (चन्द्रागिरी) द्वितीय, सृजना ब्लोन (पनौती) र श्रेया रञ्जितकार (मध्यपुर) ले तृतीय स्थान हासिल गर्‍यो ।

६० केजी छात्रातर्फ सान्ता श्रेष्ठ (तार्केश्वर) प्रथम, निरुपा तामाङ (पाँचखाल) द्वितीय, महिमा राई र रजिना विष्ट (चन्द्रगिरी) तृतीय हुन सफल भए ।

६० केजी छात्रतर्फ सुरेश तामाङ (नागार्जुन) प्रथम, अर्जुन बाघचन्द (काठमाडौं) द्वितीय, विषाल सुवाल (भक्तपुर) र मनोज सुनुवार (चन्द्रागिरी) तृतीय हुन सफल भए ।

२० केजी छात्रातर्फ प्रथममा सन्ध्या महतो (नागार्जुन), द्वितीयमा पूर्णिमा पौडेल (भक्तपुर), तृतीयमा सुप्रिना चौधरी (धनकुटा) र करिमा तामा (चाँगुनारायण) हुन सफल भए ।

२० केजी छात्रतर्फ सोमेश खड्का (नागार्जुन), राकेश मानन्धर (चन्द्रागिरी) द्वितीय, देवराज पाण्डे (भक्तपुर) र सुजल कोण्डा (भक्तपुर) ले तृतीय स्थान हासिल गर्न सफल भए ।

२५ केजी छात्रातर्फ सोनाम सेर्पा (नागार्जुन) प्रथम, वर्षा केसी (पाँचखाल) द्वितीय, गोमा तामाङ (गोकर्ण) र अंकिता भण्डारी (भक्तपुर) तृतीय हुन सफल भए ।

२५ केजी छात्रतर्फ सेवेन श्रेष्ठ (नागार्जुन) प्रथम, विमलकुमार थापा (भक्तपुर) द्वितीय, विकास लामा (भक्तपुर) र कुशल लामा (बनेपा) तृतीय हुन सफल भए ।

(पुनश्च: भोलि ३० केजी, ३५ केजी, ५० केजी र ५५ केजी तौल समूहको प्रतियोगिता हुनेछ । )