FAQs Complain Problems

News

वडा नं ८

संक्षिप्त परिचय

किसानहरुको बाहुल्यता भएको भक्तपुर नगरपालिका साविकमा वडा नं. २ र राज्य पुनर्संरचनापछि परिवर्तित भई हाल वडा नं. ८ मा परिणत भएको छ । यस वडाका स्थायी बासिन्दाहरु धेरैजसो जेंला टोलमा बसोबास गर्दछन् । यस वडाको पूर्वमा चाँगुनारायण नगरपालिका वडा नं. ९, पश्चिममा भक्तपुर नगरपालिका वडा नं. ७ र ९, उत्तरमा भक्तपुर नगरपालिका वडा नं. ९ र दक्षिणमा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल र नंखेल पर्दछ । यति चारकिल्ला भित्रको ०.७६१५ वर्ग कि.मी. क्षेत्रफल भएको यस वडामा २०७८ सालको जनगणना अनुसार पुरुष सङ्ख्या ४,९५० र महिला सङ्ख्या ४,७५३ गरी जम्मा ९,७०३ जनसङ्ख्या देखिन्छ ।

साँस्कृतिक सम्पदाहरु

पाटी – १२ ओटा
देवल, मन्दिर तथा सत्तल – १६ ओटा
ढुङ्गेधारा – ५ ओटा
ईनार – १४ ओटा

मुख्य पर्यटकीय स्थानहरु

महेश्वरी पाटी
मेतँ पाटी
जेला फल्चा
झताप्व फल्चा
महेश्वरी घाट
पाङ्चा पाटी
जेंला इनार
जेंला पुखू
नासु द्यः
नौ किपा महादेव मन्दिर
मचो भैरव मन्दिर र पाटी
भगवती मन्दिर

वडा नं. ८ वडा समिति

अध्यक्ष : कृष्ण प्रसाद कोजु
सदस्य : कृष्ण लाल किसी
सदस्य : राम सुन्दर बासी
सदस्य : सुमित्रा बोहजु

 

Nepali
Population: 
९,७०३
Ward Contact Number: 
०१५१२२२८१
Weight: 
0