स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाण्डौ उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमाकाभ्रे जिल्ला, उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मीटर माथिअवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मी. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बा“की ब्राम्हण, मुस्लिम र अन्यजातिहरु बसोबास गर्दछन् । वि.सं. २०६८ सालको जनगणना अनुसार भक्तपुर जिल्लामा ३,०४,६५१ र ऐतिहासिकनगरी भक्तपुरमा ८३,६५८ जनसंख्याबसोबास गर्दछन् । यहा“का सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ माविश्व सम्पदा सूचीमा सूचीकृत गरियो । नेपालको लिखित ईतिहास भक्तपुरको चा“गुनारायण बाट शुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदीले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउ“छ ।
ईतिहासः
नेपालको लिखित ईतिहास भक्तपुरको चा“गुनारायणमा रहेकोपा“चौ शताब्दीको लिच्छबीकालिन शिलालेखबाट प्रारम्भ भएको हो ।भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजाआनन्द देवले स्थापना गरेको थियो । यहा“को सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजायक्षमल्लको पालामाबनेको थियो । यो नगर बाह्रौं शताब्दी देखि पन्ध्रौं शताब्दी सम्म नेपालको राजधानीनगरको रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दी सम्मएउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।
भूगोलः
भक्तपुर नगर राजनैतिक रुपमा १७ वडा र २४ वटा टोलहरुमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी. लम्बाई र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगर भरि पोखरीहरु छरिएका छन् ।
हावापानीः
भक्तपुर नगर काठमाण्डौ उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाण्डौ उपत्यकाको हावापानी संग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउ“दमा न्युनतम –३ डिग्री सेल्सियस सम्म पुग्दछ । यहा“को औसत वर्षा १३६२.२ मिलीमीटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेष्ठ महिना देखि भदौ सम्म) हुन्छ ।
अर्थव्यवस्थाः
यस शहरको आर्थिक वृद्धि विस्तारै बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो भने पर्यटन तीब्र रुपमा विकास हुंदै गरेको उद्योग हो । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरु यहाँको आम्दानीको मूख्य स्रोत हुन् । २०६८ सालको जनगणना अनुसार यस नगरको कुल गार्हस्थ उत्पादन ६,२०,८५,००,००,००० र प्रति व्यक्ति आम्दानी ७४२ डलर रहेको छ ।
पर्यटनः
यस शहरको आर्थिक विकासमापर्यटन उद्योगले ठूलो योगदानगरिरहेको छ । अक्टोबर र नोभेम्बर महिनाभक्तपुरमापर्यटन आगमनको मुख्यसिजनहो । आ.व. २०७०।७१ मा २ लाख ९० हजार पर्यटकले भक्तपुर भ्रमण गरेकाथिए ।
कृषिः
भक्तपुर शहरमा केही हेक्तर जमीनमात्र कृषिउत्पादनको लागिप्रयोग हुन्छ । यहा“को मुख्यउत्पादनधान, गह“ु, मकै, हरियो सागसब्जी र गेडागुडीहरु हुन् । कुखुरा पालन व्यवसायमा यो शहर आत्मनिर्भर छ ।
उद्योगः
भक्तपुर शहरमा एउटा साना औद्योगिक क्षेत्र छ जहा“ कपडा, डेरी, काष्ठकला, रंग, सेरामिक्स, बुनाई, नेपाली कागज र धातुका सामग्रीहरुको उद्योगहरु सञ्चालित छन् । यस शहरको पर्यटन उद्योगको विकासको लागि औद्योगिक क्षेत्रलाई स्थानीय सीपमा आधारित हस्तकला औद्योगिक क्षेत्रमा परिणत गर्नु पर्ने देखिन्छ । धान, चिउरा, काष्ठकला उद्योग र फर्निचर उद्योग, सिलाई र बुनाई, पौभा र थाङ्का लेखन, गलैंचा, धातुको सामग्री, माटोको भा“डाकु“डा आदियस शहरका अन्य औद्योगिक उत्पादनहरु हुन् ।
हस्तकलाः
यस शहरका हस्तकला उत्पादनहरु उच्च गुणस्तरकालागिप्रख्यात छन् । काष्ठकला, थाङ्का र पौभाचित्र, नेपालीकागजका सामग्री, पुतली, ऊनको सामग्री, धातुकला, गहना, प्रस्तरकला, मितृकाकलाआदीयहा“काप्रमुख हस्तकलाका उत्पादनहरु हुन् ।
शिक्षाः
यस शहरमा १३ वटा प्राथमिक विद्यालय, १३ वटा निम्न माध्यामिक विद्यालय, ६० वटा माध्यामिक विद्यालय, १० वटाउच्च माध्यामिकविद्यालय, ७ वटा कलेज र दुई वटा प्राविधिक शिक्षण संस्थाहरु रहेका छन् । यी संस्थाहरुमा विभिन्न संकायहरुमा हजारौं विद्यार्थीहरु अध्ययनरत छन् । भक्तपुर नगरपालिका आफैंले ५ वटा कलेजहरु र एउटा बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन गरिरहेको छ । यी शैक्षिक संस्थाहरुमा नेपालका ६५ जिल्लाहरुबाट ५ हजार भन्दा बढी विद्यार्थीहरु विभिन्न संकाय र विषयहरुमा न्युन शुल्कमा अध्ययनरत छन् ।
स्वास्थ्यः
हाल यस शहरमा ४ वटा अस्पतालहरु र ३ वटा जनस्वास्थ्य केन्द्रहरु रहेका छन् । यीमध्ये एउटा बालबालिका र महिला रोग सम्बन्धित छ, एउटा अर्बुद्ध रोग संग सम्बन्धित र बा“की २ सामान्य रोगहरुको उपचार संग सम्बन्धित छन् । नगरपालिकाले नगरका विभिन्न ठाउ“मा जन स्वास्थ्य केन्द्रहरु पनि सञ्चालन गरि रहेको छ । हाल आकस्मिक सेवा प्रदानगर्दै नगरपालिकाले अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।
संस्कृतिः
"जीवित सम्पदा" र जीवित संग्रहालयको रुपमा रहेको भक्तपुरले नेवारी संस्कृतिको विविध आयामहरुलाई प्रस्तुत गर्दै आएको छ । नेवारहरुको महान चा“डपर्वहरु, मौलिक जीवनशैली, संस्कार, दाफाभजन, गुठी, परम्परागत बाजागाजा र नृत्य समूहले यहा“को अमूर्त कलालाई जीवनप्रदानगरि रहेको छ ।
विस्केट जात्रा, गाई जात्रा, दशैं, तिहार, आदि यो शहरका प्रमुख जात्राहरु हुन् । भक्तपुर आउने सबै पाहुनाहरुले यहाँका दैनिक साँस्कृतिक गतिबिधि जस्तै दाफाभजन, पूजाआजा, साँ“स्कृतिक नाचगान, संस्कार मौलिक नेवारी पोशाक र जीवनशैली आदि प्रत्येक्ष अनुभव गर्न सकिन्छ । यी जीवित सम्पदाहरु पुस्तौं पुस्ता देखि एक पुस्ताबाट अर्को पुस्तामा नटुटिने गरि सीप हस्तान्तरण हु“दै आएको छ ।