News
२०७५ सालको शुभकामना तथा वर्ष उत्कृष्ट खेलाडीहरुलाई बढाई तथा सम्मान कार्यक्रम
भक्तपुर नगरपालिकाद्धारा बर्षको उत्कृष्ट खेलाडी सम्मान
भक्तपुर, ८ बैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा २०७५ सालको शुभकामना तथा बर्षको उत्कृष्ट खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे(रोहित) को प्रमुख आतिथ्यतामा दरवार क्षेत्रमा एक समाराह बीच शनिवार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाले चौध वटा बिभिन्न खेलकुद बिधामा २७ जना खेलाडीहरुलाई भक्तपुर जिल्लाको २०७४ सालको बर्षको उत्कृष्ट खेलाडी घोषणा गरी प्रमुख अतिथि विजुक्छेले मेडल, प्रमाणपत्र, ट्रयाकसुटबाट सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि भएको चर्चा गर्दै स्वस्थ शरीर विना देशको सेना बलियो नहुने र सार्वभौमिकता कमजोर हुने बताउनुभयो ।
सार्वभौम देश सिरियामाथि संरा अमेरिकी साम्राज्यवादी नेतृत्वको हमलाको विरोधमा सिरियाली जनता र देशभक्त सेनाले सशक्त प्रतिकार गरिरहेको उल्लेख गर्दै बिजुक्छेंले खेलकुदमा अगाडि बढेको देशको सार्वभौमिकता र भुअखण्डता रक्षा हुने बताउनु भयो ।
उहा“ले युवाहरु शारीरिक रुपमा मात्र नभई बौद्धिक रुपमा सक्षम हुनु पर्नेमा जोड दिंदै प्रमुख अतिथि बिजुक्छे्रले सत्ता र पदमा पुगेपनि बौद्धिक रुपमा सक्षम नहु“दा देशको सार्वभौमिकता एक एक पाईला गरी गुम्ने खतरा रहेको आंैल्याउनु भयो ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरु राज्यको सम्पति भएको चर्चा गर्दै साम्राज्यवादी शक्तिहरुले पैसाको लागि नेपाली युवा खेलाडीहरुलाई आप्mनै देशको प्रयोग गर्ने सम्भावना रहेको बताउनुभयो ।
‘खेलाडीहरु व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई देश र समाजको प्रतिष्ठाको लागि खेल्नुपर्छ, पैसाको निम्ति आप्नो इमान बेच्ने कार्य कदापि सुहाउ“दैन’, उहा“ले बताउनुभयो ।
उहा“ले देशको नेतृत्व गर्न सक्षम युवा तयार गर्ने योजना अनुरुप नगरपालिकाले वडा खेलकुद समिति गठन गरी टोलटोलमा खेलकुद गतिबिधि अगाडि बढाउने र प्रतियोगितामा अनुदान र सहयोग गर्न खेलकुद नीति तयार गरेको बताउनु भयो । उहा“ले भक्तपुरमा खेलकुदको भौतिक पूर्वाधार तयार गर्न नगरपालिकाले योजना बनाइरहेको चर्चा गर्दै सिद्धपोखरीको उत्तर तथा पश्चिममा रहेका खेल मैदानहरुमा सर्वसाधारण जनताका छोराछोरीहरुलाई पनि खेल्ने व्यवस्थाका लागि सेनासंग समन्वय भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएको बताउ“दै प्रमुख प्रजापतिले बैशाख ९ गतेदेखि नगरका सबै वडाहरुमा एक जना नर्स र स्वास्थ्य स्वयंसेविकाहरु खटाई घरघरमा नर्सि· सेवा उपलब्ध गराउन थालेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जाशीले चुनाबी घोषणा पत्र अनुसार युवाहरुलाई प्रथामिकतामा राखी विभिन्न खेलकुद आयोजना गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र उत्कृष्ट खेलाडी सम्मान गरेको बताउनु भयो । उहा“ले खेलको माध्यमबाट भक्तपुरलाई चिनाउने भक्तपुर नगरपालिकाको प्रयास रहेको र आफ्नो क्षमता प्रर्दशन गरेका खेलाडीलाई सम्मान व्यक्त गर्नु नगरपालिकाको दायित्व हो भन्नुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक किरण राणा, वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रजापतिले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंबाट सम्मानित हुने खेलाडीहरुमा टेबुल टेनिसमा पुरुषतर्फ रेखान तामा· र महिलातर्फ मनिषा सुवाल, एथलेटिक्समा पुरुषतर्फ रोहन सुवाल र महिलातर्फ प्रकृति सुवाल र बास्केट बलमा महिलातर्फ ईशा डण्डेख्या रहेका छन् । त्यस्तै फुटबलमा पुरुषतर्फ पुजन होना, शारीरिक सुगठनमा किसनदास दिवाकर, बक्सि·मा पुरुषतर्फ प्रकाश कुमार विष्ट र महिलातर्फ निता गोसाई, कबड्डीमा पुरुषतर्फ मनोज नापित र महिलातर्फ रविता दुवाल रहेका छन् । बुद्धिचालमा पुरुषतर्फ विक्रम चोकामी र महिलातर्फ मतिना कुसी, किक बसि·मा महिला तर्फ पद्मा सम्भवी तामा· र पुरुषतर्फ प्रकाश कुमार विष्ट, सितेरियो करातेंमा महिलातर्फ करुणा श्रेष्ठ र पुरुषतर्फ एरिश शर्मा, भलिबलमा पुरुषतर्फ विपिन शाही र महिलातर्फ मुना तामा·, खो खोमा पुरुषतर्फ मनिष सुलु र महिलातर्फ रबिना रम्तेल, तेक्वाण्डोमा पुरुषतर्फ किरण सितिखुं र महिलातर्फ रिना मुस्याख्व तथा ब्याडमिन्टनमा पुरुषतर्फ आयुष प्रजापति र महिलातर्फ रमा मातां पनि कार्यक्रममा सम्मानित भएका थिए ।
यससंगै प्रमुख अतिथि बिजुक्छेंले बैशाख ९ गतेदेखि घरदैलोमा नर्सिङ सेवा प्रारम्भ गर्नका लागि वडामा कार्यरत नर्स र वडाध्यक्षलाई उपचार सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी करांतेका मण्डेकाजी श्रेष्ठ र एथलेटिक्सका कान्छीमैंया कोजुलाई सम्मान गर्नुभयो । त्यस्तै भलिबलका ६ जना, फुटबलका १ जना, सितेरियो करांतेका १ जना, जिम्नाष्टिकका २ जना, एथलेटिक्सका १ जना, शारीरिक सुगठनमन ८ जना, टेबुल टेनिसका ३ जना खेलाडी प्रशिक्षक र निर्णायकहरु तथा नगर खेलकुद समितिका सदस्यहरु १९ जना र नगरपालिकाद्वारा संचालित खेल प्रशिक्षणमा लामो समयदेखि प्रशिक्षण दिंदै आएका ७ जना प्रशिक्षकहरुलाई पनि सम्मान गरियो ।
कार्यक्रमको शुरुवातमा भनाप ९ दत्तात्रयबाट शुभकामना ¥याली सुरु गरी नगर परिक्रमा गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षकहरु, विद्यालयका शिक्षक एवं विद्यार्थीहरु एवं स्थानीय नगरबासीहरुको सहभागितामा भएको उक्त ¥याली दरवार क्षेत्रमा समारोहमा परिणत भएको थियो । ¥याली शुरु हुनुअघि भनपा ४ का वडाध्यक्ष कुमार चवालले बोल्नु भएको थियो ।
प्रशिक्षक ट्रयाकसुट वितरण कार्यक्रम
विनोद चरण राय – भलिबल
मुना बासुकला – टेबुल टेनिस
इन्द्रभक्त पंच – टेबुल टेनिस
केदार तुईतुई – बक्सि·
कृष्ण सुन्दर प्रजापति – बक्सि·
रविना सुवाल – करांते
इन्द्र राजलवत – फुटबल
विभिन्न खेलमा २०७४ सालमा निर्णायक बन्न सफल खेलाडीहरु
१. भलिबल
१. निरु कैटी
२. मन्जु छुकां
३. राकेश मातां
४. सुजन बाटी
५. किरण गोसाई
६. रेश कुमार राजथला
२.सितेरिया करांते
१. प्रकाश मोहन धौभडेल ध्प्ँ च्भाचभभ
३. जिम्नाष्टिक
१. प्रशिक्षक ः विजेन्द्र श्रेष्ठ
२. तारा सिवाकोटी
४. फुटबल
१. इन्द्र प्रसाद राजलवत
५. एथलेटिक्स ः
१. आस राम गोठे
६. शारीरिक सुगठन ः रेफ्री
१. पद्मलाल शिलाकार
२. केशव नागा
३ .सुन्दर पोडे
४. सतिस मानन्धर
५. अमर दुवाल
६.रामेश्वर कुसी
७. श्याम लाखा
८. अबिरल बासुकला
७. टेबल टेनिस ः
१. राजिभ चिकंबन्जार
२. पल्पसा प्रजापति
३.रविन साध
नगर खेलकुद समिति सम्मान कार्यक्रम
जगनाथ प्रजापति
कृष्ण प्रसाद कोजु
रामकृष्ण प्रजापति
हरिराम मुस्याख्व
राजु सिं बजिको
पुण्यराम सुवाल
नारायणभक्त किसी
रामहरि श्रेष्ठ
कृष्ण गोविन्द लाखा
गणेश प्रसाद सुवाल
बलराम न्हिसुतु
गौत्तम सुजखु
शिवराम धुख्वा
कृष्णराम जाकिबन्जार
योगेन्द्र खर्बुजा
रामचन्द्र जाकिबन्जार
श्याम कृष्ण खत्री
रविन्द्र खर्बुजा
उकेश कवां
घर घरमा नर्सि· सेवाको लागि सामान हस्तान्तरण कार्यक्रम ः
१. वडा नं. १ ः वडा अध्यक्ष श्री श्याम कृष्ण खत्री, नर्स सुमि खर्बुजा
२. वडा नं. २ ः वडा अध्यक्ष श्री हरि प्रसाद बासुकला, नर्स रजनी सुवाल जरेजु
३. वडा नं. ५ ः वडा अध्यक्ष श्री प्रेम गोपाल कर्माचार्य, नर्स मन्जू छुकां
४. वडा नं. ७ ः वडा अध्यक्ष श्री उकेश कवां, नर्स सुमित्रा राजचल
५. वडा नं. ८ ः वडा अध्यक्ष श्री महेन्द्र खायमली, नर्स सबिता गोसाई
६. वडा नं. ९ ः वडा अध्यक्ष श्री रविन्द्र ज्याख्व, नर्स सविना दुवाल
७. वडा नं. १० ः वडा अध्यक्ष श्री लक्ष्मी प्रसाद ह्यौंमिखा, नर्स मोनिका पही
विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरुको सम्मान कार्यक्रम ः
१. टेबुल टेनिस
पुरुष ःरेखान तामा·
महिला ः मनिषा सुवाल
२. एथलेटिक्स
पुरुष ः रोहन सुवाल
महिला ः प्रकृति सुवाल
३. बास्केट बल
महिला ः ईशा डण्डेख्या
४. फुटबल
पुरुष ः पुजन होना
५. शारीरिक सुगठन
पुरुष ः किसनदास दिवाकर
६. बक्सि·
पुरुष ः प्रकाश कुमार विष्ट
महिला ः निता गोसाई
७. कबड्डी
पुरुष ः मनोज नापित
महिला ःरविना दुवाल
८. बुद्धिचाल
पुरुष ः विक्रम चोकामी
महिला ः मतिना कुसी
९. किक बसि·
महिला ः पद्मा सम्भवी तामा·
पुरुष ः प्रकाश कुमार विष्ट
१०. सितेरियो करातें
महिला ः करुणा श्रेष्ठ
पुरुष ः एरिश शर्मा
११. भलिबल
पुरुषः विपिन शाही
महिला ः मुना तामा·
१२. खो खो
पुरुष ः मनिष सुलु
महिला ःरबिना रम्टेल
१३. तेक्वाण्डो
पुरुष ः किरण सितिखुं,
महिला ः रिना मुस्याख्व
१४. ब्याटमिन्टन
पुरुष ः आयुष प्रजापति
महिला ः रमा मातां
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान कार्यक्रम ः
१. मण्डेकाजी श्रेष्ठ (करांते)
२. कान्छी मैया कोजु (दौड)