News
भनपाद्वारा बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित बनाउनेबारे छलफल
प्रसिद्ध विस्केट जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्ने सम्बन्धमा आइतबार सरोकारवाला सबै पक्षको संयुक्त बैठक सम्पन्न भयो । जिल्ला प्रशासन कार्यालय, भक्तपुरको समन्वयमा सम्पन्न उक्त बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्रालाई व्यवस्थित र मर्यादित रुपले सम्पन्न गर्न नगरपालिकाले आवश्यक तयारी गरिरहेको बताउनु भयो ।
विस्केट जात्रा भक्तपुरवासीहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको साझा पर्व भएकोले सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले चैत्र २७ र र बैशाख ५ गते दिनको २ः०० बजेबाट नै भैरवको रथ तान्ने र सांझ ५ बजेसम्ममा निर्धारित स्थानमा रथलाई व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । रथ धेरै लामो दूरीसम्म लान खोज्दा पनि असहज परिस्थिति सिर्जना हुने संभावनालाई ध्यानमा राखेर उहांले रथलाई तानेर पूर्वतिर बढीमा साकोठा र पश्चिमतिर बढीमा बुलुचासम्म मात्र लाने कुरा अहिलेबाट नै सर्वसाधारणलाई सूचना दिनुपर्ने बताउनु भयो ।
जात्रा अवधिमा शान्ति सुरक्षालाई ध्यानमा राखेर नगरपालिकाले प्रमुख स्थलहरुमा सी.सी. क्यामेरा जडान गर्न लागेको उहांको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्रा शान्तिपूर्ण रुपमा समपन्न गर्न प्रशासनको तर्फबाट सम्पूर्ण तयारी गरिसकेको उल्लेख गर्नुभयो । उहा“ले भैरवनाथको रथमा निर्धारित व्यक्तिहरु अरु कसैलाई पनि नराख्न आग्रह गर्दै अनाधिकृत व्यक्तिहरुलाई तत्काल कार्वाही गरिने बताउनु भयो ।
प्रहरी उपरीक्षक किरण राणाले गत साल उपद्रो गर्ने र जात्रा भा“ड्न खोज्नेहरुलाई समयमै सचेत पार्ने उद्देश्यले सी.सी. क्यामेरा फुटेजहरु सार्वजनिक स्थलमा प्रदर्शन गर्ने र जात्रालाई संयमित बनाउन प्रहरीको तर्फबाट माइकि· गरिने बताउनु भयो ।
गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले जात्राको लागि गुठीको तर्फबाट गरिनुपर्ने सबै कार्य सम्पन्न भएको जानकारी दिनु भयो ।
नगरपालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकाय प्रमुखहरु, सरोकारवाला सरकारी कार्यालय प्रमुखहरु एवं टिम, क्लवका प्रतिनिधिसमेत उपस्थित भएको उक्त बैठकले चैत्र २७ र बैशाख ५ गते भैरवको रथ दिनको २ः०० बजेबाट तान्न शुरु गरेर ५ः०० बजेसम्म जात्रा सम्पन्न गर्ने, रथलाई साकोठा र बुलुचासम्म मात्र पु¥याउने तथा रथमा निर्धारित व्यक्तिहरु बाहेक अन्यलाई नचढाउने निर्णय गरिएको वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनु भयो ।
त्यस्तै जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिका, प्रहरी प्रशासनको तर्फबाट पर्चा वितरण, पम्प्लेटि·, माइकि· तथा संचार माध्यममार्फत सूचना सम्प्रेषण गर्ने र चैत्र २६ गते विहान ८ः०० बजे टौमढीमा वृहद सचेतना कार्यक्रम गर्ने समेत निर्णय भएको उहा“ले बताउनु भयो ।