FAQs Complain Problems

News

वडा नं ५

संक्षिप्त परिचय

भक्तपुर नगर एक साँस्कृतिक तथा सुन्दर नगर हो । वडा नं. ५ यसै नगरको बीच भागमा अवस्थित छ । यस वडाको सीमाना पूर्वमा ७ नं. वडा(आदर्शसम्म), पश्चिममा ४ र ३ नं. वडा, उत्तरमा २ र ६ नं. वडा र दक्षिणमा मूदिप, चुपिंघाट हुँदै अरनिको राजमार्गसम्म रहेको छ भने यस वडाको कूल क्षेत्रफल ०.२०६ वर्ग कि.मी. छ ।
यस वडाको जनसङ्ख्या २०६८ सालको जनगणना अनुसार महिला ३,२६४ र पुरुष ३,१६१ गरी जम्मा ६,४२५ रहेको छ । घरधुरी सङ्ख्या १,२४९ र मतदाता सङ्ख्या ५,३४६ रहेको छ । यस वडामा अधिकांस हिन्दु, केहि बौद्ध र न्यून सङ्ख्यामा मुसलमानहरु बुुसोबास गर्दछन् । यो वडाको साक्षर वडा हो (९६ प्रतिशत) ।
भक्तपुरका महत्त्वपूर्ण जात्राहरु बिस्का जात्रा, पुलु किसी जात्रा यसै वडाबाट शुरु हुने गर्दछ । बिस्का जात्रामा योसिंखेलमा चैतको अन्तिम दिन लिङ्गो उठाउने र वैशाख १ गते ढाली बडो उल्लासमय ढङ्गले जात्रा मनाउने गरिन्छ । यस बिस्का जात्रा नौ दिन आठ रात सम्म विभिन्न धार्मिक गतिविधि साथ मनाइन्छ ।

ऐतिहासिक, साँस्कृतिक स्थलहरु एवम् सामाजिक, सरकारी तथा अन्य संस्थाहरु

फल्ता (पाटी) – ३३ ओटा
मठ मन्दिर – ३४ ओटा
ईनार – ३७ ओटा
ढुङ्गे धारा  – १५ ओटा
पोखरी  – ५ ओटा

मुख्य पर्यटकीय स्थानहरु

ङातापोल्हँ मन्दिर
भैरवनाथ मन्दिर
तीलमाधव नारायण मन्दिर
चतुब्रम्ह विहार
जगनाथ मन्दिर
च्यासिलि मण्डप
वेताल भजन घर
भगवती स्थान
भद्रकाली पीठ
त्रिपुरा सुन्दरी पीठ
कुमारी पीठ
गय् भीमसेन
चण्डेश्वरी मन्दिर
दोलखा भीमसेन मन्दिर (सुकुलढोका)
ताहाफल्ता (दरबार क्षेत्र)
चुपींघाट स्थित शिवालयहरु
सुकुलढोका मठ
बुल बुल हिति

वडा नं. ५ वडा समिति

अध्यक्ष : योगेन्द्रमान बिजुक्छें
सदस्य : कृष्ण प्यारी भुजु
सदस्य : नारायण प्रसाद त्वानाबासु
सदस्य : सरिना द्योला
सदस्य : रीता फसिकवा

 

Nepali
Population: 
६४२५
Ward Contact Number: 
०१६६१२१६२
Weight: 
0